Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  • घरैपिच्छे बाख्रापालन
घरैपिच्छे बाख्रापालन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २२, २०८०
बाख्रापालनमा रमाउँदै म्याग्दीका यामबहादुर बुढाथाेकी

गलेश्वर  -  दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिक रुपमा बाख्रापालन थालेका छन्   । उनले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गरे  ।

बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाएका छन् । सुरुआतमा १७ स्थानीय र चार अष्ट्रेलियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सुरु गरेका उनले अहिले एक सय २० बाख्रा पालेका छन‍् । 

बुढाथोकीले मात्रै होइन २६ परिवारको बसोबास रहेको खानीगाउँका सबै व्यावसायिकरुपमा बाख्रापालनमा होमिनुभएको छ । गाउँको नाम नै खानीगाउँबाट ‘बाख्रा गाउँ’मा परिवर्तन भएको छ । हरेकका घरमा बाख्राको व्यवस्थित खोर बनाइएको छ । तीन वर्षयता बुढाथोकीले बाख्रा र बोका बिक्री गरेर वार्षिक रु १० लाख आम्दानी गरेको बताए  ।

“विदेशबाट फर्किएपछि  रु ६ लाखको लगानीमा बुढाथोकी कृषि तथा पशुपन्छी फार्म खोले”, उनले भने। बाख्रापालन मात्रै होइन बुढाथोकीले अहिले व्यावसायिक तरकारी खेतीसमेत गर्दैआएका छन्  । उनले सुन्तलाका तीन सय बिरुवासमेत लगाएका छन्  । “वार्षिक रु १५ लाख आम्दानी गर्ने लक्ष्य छ”, उनले भने ।

Hardik health

विदेशमा सिकेको सीपको सदुपयोग गर्दै बाख्रापालन व्यवसाय र कृषि उद्यम थालेको ४८ वर्षीय बुढाथोकीले बताए। “मेरै बाटो पछ्याएर गाउँका अरुले  बाख्रापालन थालेका हुन्, तरकारी खेती र बाख्रापालनले गाउँको परिचय नै फेरिएको छ”, उनले भने।  सिकेको सीप समुदायमा हस्तान्तरण गर्दा गाउँमा  परिवर्तन आएको उनको अनुभव छ । 

बुढाथोकीको सिको गरी गुप्तेश्वर कृषक समूह नै गठन गरेर समुदाय नै बाख्रापालनमा लागेको छ । “चरनको समस्या छैन”, बाख्रापालक कृषक राजन राम्जालीले भने । विदेशबाट फर्किएका युवाको सक्रियतामा अनुदानसहितका कार्यक्रममा समेत सिङ्गो गाउँमा वितरण गर्ने, समूह बनाएर सीप हस्तान्तरणसहितका रचनात्मक कार्यबाट खानीगाउँमा बाख्रापालन, तरकारी खेती तथा मौरीपालन गरिँदै आएको छ । 

विगतमा सामान्य खर्चको जोहो गर्न स्थानीय जातका बाख्रा पालेकाले अहिले उन्नत जातका बाख्रापालनमा जुटेका बाख्रापालक कृषकको दैनिकी दिउँसो जङ्गलमा बाख्रा चराउने, ल्याउने, खोरमा राख्ने गरेरै बित्छ । “मिलेर बाख्रापालन गरेका छाैँ”, राम्जालीले भने । 

बाख्रापालन, कृषिका साथै सुन्तला खेतीको समेत उच्च सम्भावना रहेकाले अबको पाँच वर्षभित्र गाउँमा बाख्रापालन, तरकारी र फलफूल खेतीबाट लाखौँ भित्रिने  स्थानीय बताउँछन् । खानीगाउँका कृषकले खेर गएको जमिनमा सुन्तला खेतीसहित कृषि खेती नहुने जमिनमा डालेघाँस, बकाइनो, पाखुरी, निवारो, राइखनियो, नेपिएर, किम्बुलगायत घाँस लगाएका छन् ।

मङ्गला गाउँपालिकाले बाख्रा पकेट कार्यक्रममार्फत अनुदान सहयोग गरेपछि थप सहज भएको छ । गुप्तेश्वर कृषक समूहमा हाल ३४ कृषक आबद्ध छन् । उनीहरुले ६ सयभन्दा बढी बोका, बाख्रा र पाठापाठी पालेका छन् ।

गाउँपालिकाले उनीहरुलाई रु २२ लाख अनुदानसमेत दिएको गाउँपालिकाका प्रवक्ता एवं कुहुँका वडाध्यक्ष एकजित रोकाले बताए  । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकालाई कृषि र पशुपालनमा नमूना गाउँ बनाउने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाएको बताए । 


प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०७:५९
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण शुक्रबार, फागुन १५, २०८२
गाउँमै पुर्ख्याैली कालिगड पेसा संरक्षणमा जुट्दै युवा
गाउँमै पुर्ख्याैली कालिगड पेसा संरक्षणमा जुट्दै युवा मंगलबार, फागुन १२, २०८२
पोलेको मकैको व्यापार फस्टाउँदै
पोलेको मकैको व्यापार फस्टाउँदै मंगलबार, फागुन ५, २०८२
लाफा दाइको २८ वर्षे आर्ट यात्राः आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल
लाफा दाइको २८ वर्षे आर्ट यात्राः आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल सोमबार, फागुन ४, २०८२
खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र
खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र सोमबार, फागुन ४, २०८२
मौरीघार र महले आत्मनिर्भर पृतिराज, गाउँमै सिर्जना भयो रोजगार
मौरीघार र महले आत्मनिर्भर पृतिराज, गाउँमै सिर्जना भयो रोजगार बिहीबार, माघ २२, २०८२
माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी
माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP