Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • लम्पी स्किनको महामारी , रोकथाममा छैन राज्यको तयारी
लम्पी स्किनको महामारी , रोकथाममा छैन राज्यको तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ २६, २०८०
lampi
Hardik health
महामारीको रूप लियो । जोर्डनबाट खोपको आयात हुँदै छ ।-डा. सम्झनाकुमारी काफ्ले पाण्डे,महानिर्देशक,पशु सेवा विभाग
काठमाडौं– रुपन्देहीको तिलोत्तमा–१४ स्थित पिकुलीगढमा रहेका लुम्बिनी एग्रो प्रोडक्ट एण्ड रिसर्च फार्मका सञ्चालन शशी पौडेल यतिबेला चिन्तामा छन् । नेपालका अधिकांश जिल्लामा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले पौडेललाई चिन्तामा पारेको हो । नेपालकै सबैभन्दा ठूलो गाईफार्मका रुपमा चर्चित फार्ममा अहिले ४०० हाराहारीमा गाई छन् । ती गाईलाई जोगाउन अहिले आफू लागिपरेको पौडेलले बताए । ‘अरुतिर ठूलै मात्रमा क्षति गरेको भन्ने सुनेको छु । हाम्रोमा पनि अलिअलि देखिएको छ । गाईमा अलिअलि फोका देखिन थालेका छन् । औषधि छैन भन्ने सुनेको छु,’ पौडेलले प्रभावसँग टेलिफोनमा भने । यो रोग लागेपछि सुरुमा पशुमा आलश्यता देखिने र खानमा पनि ध्यान नदिने उनले बताए । यद्यपि, विशेष हेरचाह गरेर पशुलाई ठीक पार्न सकिन्छ कि भनेर आफूहरु प्रयासरत रहेको पौडेलको भनाइ छ । ‘हामीकहाँ भेटनरी डाक्टर हुनुहुन्छ । पशुको विशेष ख्याल गरिराखेका छौ,’ पौडेलले भने । तर हिमालदेखि पहाडसम्म ७१ भन्दा बढी जिल्लामा लाखभन्दा बढी पशुमा यो रोगको लक्षण देखिसकिएको पशु सेवा विभागले जनाएको छ । पशु सेवा विभागसँग रोगको यकिन तथ्यांक छैन तर यो रोग ७१ जिल्लामा फैलिसकेको र ५ लाख बढी पशुमा यो संक्रमण फैलिएको छ । यसरी महामारीका रुपमा फैलिँदा पनि राज्य अनुदार बनेको गुनासो पौडेलको रह्यो । ‘त्रास छ । राज्य हरेक क्षेत्रमा अनुदार छ,’ पौडेलले भने ।
गाईमा अलिअलि फोका देखिएको छ । औषधि छैन भन्ने सुनेको छु । त्रास छ । राज्य हरेक क्षेत्रमा अनुदार छ ।-शशी पौडेल,गाई फार्म सञ्चालक
लम्पी स्किन रोग देखिन थालेपछि सांसदहरुले सदनमा यस विषयमा राज्यको ध्यानाकर्षण गराउँदै आएका छन् । बिहीबारको संसद् बैठकमा सांसद वसन्तकुमार नेम्वाङले तत्काल महामारी नियन्त्रणमा ध्यान दिन आग्रह गरे । ‘एउटा गाईको एक लाख पर्छ । सरकार ध्यान दिँदैन । भर्खरै प्रधानमन्त्रीज्यूको भारत भ्रमणपछि नश्ल सुधारका लागि ल्याएको १५ वटा मुर्रा राँगोको ठूलो चर्चा हुन्छ,’ नेम्वाङले भने, ‘ठूलो उपलब्धि ठानिन्छ । तर, अर्बौं क्षति भएर हजार किसानलाई आघात पुग्दा यो सरकार ध्यान दिँदैन । तत्काल महामारी नियन्त्रणका निम्ति औषधि उपचारको व्यवस्था गरियोस् ।’ कस्तो रोग हो यो ? ‘क्याप्री पक्स’ नामक भाइरस संक्रमणका कारण लम्पी स्किन रोगको प्रकोप देखिन थालेको हो । लम्पी स्किनका रोगको संक्रमणका कारण गाउँदेखि सहरी क्षेत्रका गाईभैंसी मर्न थालेका छन् । सुरुमा ३५ भन्दा बढी जिल्लामा अहिले यो महामारी फैलिएको छ । लम्पीका कारण पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना नरुचाउने र दूध कम दिने लक्षण देखिन्छ । चिकित्सकका अनुसार संक्रमण भएका गाईवस्तुको छालामा पाँच सेन्टिमिटरसम्मको गोलो गिर्खा र घाउ देखापर्छ भने नाक र मुखबाट तरल पदार्थ काढ्ने ‘लम्पी स्किन’ संक्रमण बढेपछि पशुचौपाया मर्छन् । संक्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने चलन छ । रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, ¥याल र सिँगान काढ्ने, गर्भिणी पशु तुहिने र दुहुनो गाईले दूध कम दिने समस्या देखापर्छ । लम्पी स्किन रोगको संक्रमण भैंसीको तुलनामा गाईमा बढी देखिने गर्छ । यो रोगले दूध उत्पादनमासमेत कमी हुने चिकित्सकहरु बताउँछन् । ८० प्रतिशतसम्म उत्पादन घट्दा कृषकलाई ठूलो आर्थिक क्षति पुग्छ । पशुपालन किसानको आर्थिक आम्दानीको एक प्रमुख स्रोत हो । पशु चिकित्सक अनन्त कोइरालाका अनुसार लम्पी स्किन रोग ‘जुनोटिक डिजिज’ नभएकाले संक्रमित पशुको दूध सेवन गर्न सकिन्छ । यो रोग केवल गाईभैंसीमा मात्र सर्ने भएकाले सामान्य अवस्थामा जस्तै दूध उमालेर खान सकिन्छ । तर, गाईवस्तु बिरामी भएपछि दूध उत्पादनमै कमी आउँछ । अन्य वस्तुमा संक्रमण हुन नदिन यो रोग लागेका पशु चौपायालाई कम्तीमा २१ दिन क्वारेन्टिनमा राखिने गरिन्छ । रोग नियन्त्रण गर्न गोठको सरसफाइ, भकारो व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ । तर, सरकारले यो रोगको उपचारका लागि आवश्यक औषधि र जनशक्तिको व्यवस्था गर्न सकेको छैन । रोग लाग्न नदिन खोप लगाउन सकिन्छ तर संक्रमित पशुमा खोप लगाउन मिल्दैन । के छ सरकारको तयारी ? पशु सेवा विभागका अनुसार यो महामारीको कुनै प्रभावकारी उपचार छैन । त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय हो । विभागकी महानिर्देशक डा. सम्झनाकुमारी काफ्ले पाण्डेका अनुसार यो रोग रोकथामका लागि जोर्डनबाट खोप ल्याउने तयारी हुँदै छ । ‘लम्पी स्किन महामारीको रूप लियो । जोर्डनबाट खोपको आयात हुँदै छ । अरु दुई देशबाट पनि खोप ल्याउने तयारीमा छौं,’ पाण्डेले भनिन् । खोप कतिमात्रमा ल्याउने हो भन्नेबारे उनले खुलाइनन् । कसरी सर्छ रोग ? - संक्रमित लामखुट्टे, टोक्ने झिंगा र किर्नाजस्ता किराहरूको टोकाइबाट । -संक्रमित गाईवस्तुहरूको ओसारपसारबाट । - सामुदायिक चरन क्षेत्र तथा दाना तथा पानी खाने ठाउँहरूबाट । -प्राकृतिक वा कृत्रिम गर्भाधानबाट । -पशु उपचार गर्ने क्रममा फरक गाईभैंसीहरूमा एउटै सुइको प्रयोगबाट । - कहिलेकाहीँ प्रत्यक्ष सम्पर्कबाट । के हो यो रोग ? - यो रोग गाईभैंसीमा देखिन्छ । -यो रोग मानिसलाई सर्दैन । - गर्मी मौसममा टोक्ने झिंगा (डाँस), लामखुट्टे, किर्ना जस्ता किराहरूको संख्या बढी हुने तथा थप सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढी देखिन्छ । - दूध उत्पादनमा तीव्र गिरावट आउँदछ । -प्रजनन समस्या आउने तथा गर्भपतन हुन सक्दछ । भैंसीको छालाको गुणस्तरमा ह्रास आउँदछ । - वजन घट्ने र कहिलेकाहीँ मृत्यु समेत हुन सक्दछ । गाईभैंसीहरूको ओसारपसार तथा व्यापारमा प्रतिबन्ध गर्नुपर्ने हुँदा थप आर्थिक नोक्सानी हुने गर्दछ । यस रोगका लक्षणहरु -उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटभन्दा माथि), दाना पानी कम खाने र दूध उत्पादन घट्दछ । - छालामा १–५ सेन्टिमिटरको साहो गोलो गिर्खाहरू (सामान्यतया सुरुमा टाउको र घाँटीमा) देखिन्छ । लामो रौं भएको गाईभैंसीमा गिर्खाहरू सजिलै -खिँदैनन् । जिउ छाम्दा तथा पानीले भिजेको अवस्थामा मात्र पत्ता लगाउन सकिन्छ । -सामान्य संक्रमणमा गिर्खाहरूको संख्या थोरै र गम्भीर संक्रमणहरूमा पूरे शरीर ढाक्ने गरी हुन सक्दछ । -गिर्खाहरू केही समय पछि हराउन सक्छन् तर कहिलेकाहीं गिर्खाहरू फुटेर गहिरो घाउ भई किरा तथा झिंगाहरूले (औसा) घाउलाई थप जटिल बनाउन सक्दछन् । - थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिन्छन् । - आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउछ । -र्‍याल काढ्छ । -लिम्फ नोडहरू सुन्निने हुन्छ । -केही संक्रमित गाईभैंसीहरूले कुनै पनि लक्षण नदेखाउन सक्छन् । रोगको शंका लागेमा के गर्ने ? -रोगको प्रकोपको समयमा वा जोखिममा रहेका क्षेत्रमा पर्ने गाईभैंसीहरूको दैनिक निरीक्षण गर्नुपर्छ । -पशुहरूलाई रोग लागेको शंका भएमा तुरुन्त प्राविधिक, स्थानीय तहको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पशु सेवा विभाग र अन्तर्गतका निकायमा जानकारी दिने । - लम्पी स्किन रोग भएको अवस्थामा रोग देखिएको क्षेत्रबाट पशुहरूको ओसारपसार तुरुन्त रोक्नुपर्छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०६:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP