

काठमाडौं — सूर्या लाइफ इन्स्योरेन्सले गायिका तथा लोकप्रिय टेलिभिजनशो नेपाल आइडलकी जज इन्दिरा जोशी ब्राण्ड एम्बेसडरको रूपमा आबद्ध गराएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा जोशीले कम्पनीसँगको सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै यसमा आवद्ध भएकी हुन् ।
उनलाई सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट एमडी आरटीका विजेता अभिकर्तासहित कम्पनीका सीईओ र अध्यक्ष तथा कम्पनी बोर्डका निर्देशकले स्वागत गरेका थिए । कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले नयाँ ब्राण्ड एम्बेसडर पाएकोमा खुशी व्यक्त गर्दै यसले कम्पनीलाई नयाँ दिशामा अघि बढाउने बताए । उनले भने, ‘जोशी र हामी सबै मिलेर नयाँ अवसरको खोजी र चुनौतीको सामनागर्दै सबै उमेर, समूह र क्षेत्रकामानिसको बीमा गराउन सक्छौं भन्ने मलाई लाग्छ ।’
कम्पनीका सीईओ शिवनाथ पाण्डेले ब्राण्ड एम्बेसडरको सहयोगमा कसरी ग्राहकसँग जोडिन र उनीहरूलाई प्रभावकारी सेवा दिन सकिन्छ भन्ने विषयमाचर्चा गरेका थिए । ‘उहाँको प्रभाव ग्राहकलाई बीमाको लागि प्रेरित गर्न र जीवनबीमाको विषयमा धेरै सचेतना आवश्यक रहेका मानिसलाई पनि जीवन बीमाको विषयमा जानकारी दिन निकै महत्वपूर्ण छ,’ उनले भने । यसैबीच सूर्या लाइफको ब्राण्ड एम्बेसडर बनेसँगै जोशीले भनिन्, ‘म यस कम्पनीको ब्राण्ड एम्बेसडर बन्न पाउँदा निकै उत्साहित र गौरवको महशुस गरिरहेको छु । ब्राण्ड एम्बेसडर बनेसँगै जीवन बीमाको विषयमा सचेतना र शिक्षा फैलाउनमा मेरो महत्वपूर्ण भूमिका हुनेछ ।’