Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
अर्थ
  • Home
  • अर्थ
  • अमेरिका र नेपालबीच व्यापार तथा लगानी प्रवद्र्धनमा जोड
अमेरिका र नेपालबीच व्यापार तथा लगानी प्रवद्र्धनमा जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ५, २०८०
tifausa1
Hardik health
काठमाडाैं -  नेपाल–संयुक्तराज्य अमेरिका व्यापार र लगानी फ्रेमवर्क सम्झौता (टिफा) अन्तर्गतको व्यापारिक र लगानी काउन्सिलको छैटौँ बैठक काठमाडौँमा बसेको छ । बैठकमा नेपाल र अमेरिकाबीच व्यापार तथा लगानीलाई प्रवद्र्धन गर्ने विषय महत्वका साथ उठाइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताए  । “धेरैभन्दा अमेरिकी लगानी भित्र्याउने र नेपालमा उत्पादित वस्तु अमेरिकी बजारमा सहजरुपमा पठाउनका लागि वातावरण बनाउने विषय  बैठकका मुख्य एजेन्डा हुन्”, सचिव मरासिनीले भने, “हाम्रा सम्भावना र समस्या के छन् भनेर प्रत्यक्षरुपमा छलफल भएको छ । हामीले बढीभन्दा बढी सीप र प्रविधि हस्तान्तरण होस् भन्ने चाहेका छौँ ।” नेपालले उदार अर्थतन्त्र अँगालेको, लगानीको वातावरण बन्दै गएको र अहिले वैदेशिक लगानीको खाँचोसमेत रहेकाले नेपालमा लगानी गर्न अमेरिकी पक्षलाई बैठकमार्फत आग्रह गरेको मरासिनीले बताउनुभयो । नेपालमा सूचना प्रविधि, जलविद्युत्, सेवालगायतका क्षेत्रमा लगानी गरेर द्विपक्षीय लाभ लिन अमेरिकालाई आग्रह गरेको उनको भनाइ छ । “कुन–कुन क्षेत्रमा लगानीको सम्भावना छ भनेर जानकारी गराएका छौँ । निकासीका वस्तु के हुन सक्छन् ? र तिनमा नेपालले अमेरिकाबाट कस्तो सुविधा चाहन्छ भन्नेकुरा बैठकमार्फत राखिएको छ । लगानी र व्यापारमा सहजताका लागि के–कस्ता नीतिगत सुधार आवश्यक छन् भन्ने विषयमा पनि छलफल भएको छ”, उनले भने । द्विपक्षीय सहयोगका नयाँ आयाम पहिचान गर्नका लागि यो बैठक महत्वपूर्ण रहेको सचिव मरासिनीको भनाइ छ ।नेपाल सन् २०२६ पछि अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा गुमाउने व्यापारसम्बन्धी ‘ड्युटी फ्री’ र ‘कोटा फ्री’जस्ता सुविधाको निरन्तरताका लागि पनि बैठकमा छलफल भएको जनाइएको छ । त्यस्तै दुई देशको व्यापार, लगानी, बजार पहुँच, रोजगारी, बौद्धिक सम्पत्ति, विद्युतीय कारोबार, व्यापार सहुलियतलगायतका विषयमा बैठक केन्द्रित भएको जनाइएको छ ।नेपाल र अमेरिकाबीचको सम्बन्धलाई वैदेशिक सहायताका पक्षबाट लगानी र व्यापारिक साझेदारीमा रुपान्तरण गर्नका लागि सन् २०११ मा टिफा सम्झौता भएको थियो । कोभिड महामारीका कारण टीफा काउन्सिलको बैठक सन् २०२० मा भर्चुअल माध्यामबाट भएको थियो । अहिलेको बैठकमा अमेरिकाबाट १८ जनाको डेलिगेसन टोली आएको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
१३ मुख्य लक्ष्य, ४० कार्यगत उद्देश्य
१३ मुख्य लक्ष्य, ४० कार्यगत उद्देश्य आइतबार, असार २४, २०८०
चोरीपैठारीको सामानसहित मोटरसाइकल नियन्त्रणमा
चोरीपैठारीको सामानसहित मोटरसाइकल नियन्त्रणमा बिहीबार, जेठ ३२, २०८०
धारिलो हतियारले दम्पतीको हत्या
धारिलो हतियारले दम्पतीको हत्या मंगलबार, जेठ २३, २०८०
आसाममा १६ करोडको लागु औषध बरामद
आसाममा १६ करोडको लागु औषध बरामद आइतबार, जेठ २१, २०८०
पाण्डेको हत्यामा संलग्न अभियाेगमा झापाबाट एक युवक पक्राउ
पाण्डेको हत्यामा संलग्न अभियाेगमा झापाबाट एक युवक पक्राउ आइतबार, वैशाख १७, २०८०
राजविराज कारगारमा कैदीको मृत्यु
राजविराज कारगारमा कैदीको मृत्यु शुक्रबार, वैशाख ८, २०८०
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP