काठमाडौं- काठमाडौंको कपनमा विभत्स अवस्थामा मृत फेला परेकी निरा पाण्डेको हत्यामा संलग्न भएको भन्दै प्रहरीले १ जनालाई पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)की एआईजी किरण बज्राचार्य नेतृत्वमा छानबिन समिति गठन भएपछि प्रहरीले घटनामा संलग्न रहेको भन्दै झापाबाट युवकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विनोद विश्वकर्मा छन्। झापामा पक्राउ परेका व्यक्तिलाई काठमाडौं ल्याउन लागिएको सीआईबी स्रोतले जानकारी दिएको छ।स्रोतका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेको टोलीले विनोदलाई झापाबाट काठमाडौं ल्याउँदै छ।
विनोदको संलग्नता हुनसक्ने धेरै आधारहरु फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। विनोद केही समय अगाडिसम्म ठमेलको एक नाइट क्लबमा बाउन्सरका रुपमा कार्यरत रहेको पनि खुलेको छ।
कपनमा भाँडा पसल सञ्चालन गर्ने नीराको हत्या रहस्यमय भएको भन्दै प्रहरीले गम्भीरता देखाएर उच्चस्तरीय अनुसन्धान समिति बनाएको हो। साे समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसी, ब्युरोकै एसएसपी दिनेश आचार्य, डीएसपी धर्मराज भण्डारी, प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेतलगायत छन्।
कपनमा भाँडा–वर्तनको पसल सञ्चालन गर्दै आएकी पाण्डे वैशाख ७ गते विभत्स अवस्थामा पसलमै मृत फेला परेकी थिइन्। हत्याको १ हप्तासम्म पनि प्रहरीले घटनाको सम्बन्धनमा कुनै ‘सुराक’ समेत फेला नपारेको भन्दै आलोचना भएपछि सीआईबीकी एआईजी बज्राचार्यको नेतृत्वमा अनुसन्धान समिति गठन गरिएको थियो।समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसी, ब्युरोकै एसएसपी दिनेश आचार्य, डीएसपी धर्मराज भण्डारी, प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेतलगायत छन्।
वैशाख ७ गते दिउँसो कपनस्थित सरस्वतीनगरको आफ्नै पसलमा उनी मृत भेटिएकी थिइन्। प्रहरीले उक्त घटनामा विभिन्न कोणबाट अनुसन्धान गरेको थियो।घटना भएको एक सातासम्म कुनै सुराक फेला नपरेपछि प्रहरीले अनुसन्धान समिति गठन गरेको हो। उक्त घटनालाई लिएर संसदमा समेत सरकारको आलोचना हुने थालेपछि प्रहरीले प्राथमिकता दिएर समिति गठन गरेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० १०:४९