Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘रिमै’ चलचित्र
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #किम_जु
  • #किम_जोङ_उन
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
Search Here
समाचार
  • Home
  • समाचार
  • १३ मुख्य लक्ष्य, ४० कार्यगत उद्देश्य
नेपाल प्रहरीको कार्ययोजना–२०८० १३ मुख्य लक्ष्य, ४० कार्यगत उद्देश्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २४, २०८०

काठमाडौं-  नेपाल प्रहरीले १३ वटा मुख्य लक्ष्यसहितको कार्ययोजना सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयले तयार पारेको ‘नेपाल प्रहरी कार्ययोजना–२०८०’ शुक्रबार सार्वजनिक गरिएको हो ।

कार्ययोजनामा १३ वटा मुख्य लक्ष्य, ४० वटा लक्ष्यअनुरूपको कार्यगत उद्देश्य र १८३ वटा क्रियाकलाप समेटिएका छन् । नेपाल प्रहरीको आन्तरिक सुदृढीकरण योजनातर्फ पाँच वटा र नागरिक केन्द्रित प्रहरी सेवातर्फ चारवटा गरी प्राथमिकताको आधारमा जम्मा नौ वटा बेञ्चमार्क गतिविधि निर्धारण गरिएको छ ।

संघीय संरचना अनुरुप प्रहरी कर्मचारीको समायोजन गर्ने लक्ष्यसमेत कार्ययोजनामा समेटिएको छ । मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढीकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने सन्दर्भमा कार्ययोजना तयार पारी लागू गर्न लागिएको शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो ।

उक्त योजना आगामी साउन १ गतेदेखि लागू गरिने प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । कार्ययोजनाले समयानुकूल सांगठानिक विकासमा महŒवपूर्ण टेवा पुग्ने विश्वास लिइएको उनले बताए । महानिरीक्षक कुँवरले प्रहरी संगठनको सुधार र रुपान्तरणका लागि अहिले उपयुक्त अवसर रहेकोसमेत बताए । उनले अहिले प्रहरी संगठनलाई राजनीतिक नेतृत्वबाट राम्रो सहयोग प्राप्त भएको पनि स्पष्ट पारे । ‘संगठनको रुपान्तरण र विकासका लागि वातावरण राम्रो रहेको छ,’ कुँवरले भने, ‘तर साधन स्रोतको कमी र राष्ट्रको ढुकुटी रित्तिएका बेला चुनौती छ ।’

Hardik health

वर्तमान समयमा गृह मन्त्रालयको नेतृत्व आक्रामकरूपमा लागे पनि अन्य क्षेत्रबाट विविध सीमाका कारण पनि अपेक्षा पूरा हुन नसकेको उनले बताए । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरी कार्ययोजना–२०८०, नेपाल प्रहरी कार्ययोजना–२०७९ को समीक्षा, कार्यान्वयन प्रक्रिया एवं कार्ययोजना बेञ्चमार्क गतिविधिसम्बन्धी प्रस्तुतीकरण गरेका थिए । 

सो क्रममा प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले अहोरात्र जनताको जीउधनको सुरक्षामा खटिनुपर्ने जिम्मेवारी बहन गर्न उच्च मनोवलयुक्त प्रहरी कर्मचारीबाट मात्र सम्भव भएको बताए । यसका लागि आन्तरिक शुद्धीकरण, वैज्ञानिक र विशिष्टीकृत अपराध अनुसन्धान प्रणाली, प्रहरी कर्मचारीका आधारभूत आवश्यकताको परिपूर्ति, वृत्ति विकास र कल्याणकारी योजना यस कार्ययोजनाको मुख्य लक्ष्यमा परेको उनले उल्लेख गरे ।

प्रचलित कानुनको अधीनमा रही मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने विशिष्टीकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढीकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने कार्ययोजनाको उद्देश्य रहेको छ ।

मुद्दा दर्ता र पक्राउ ११ प्रतिशतले बढ्यो
मुलुकमा अपराधका घटनाहरू बढेको प्रहरीले जनाएको छ । गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो । यस्तै पक्राउ पर्नेको संख्या ११.२२ प्रतिशतले बढेको प्रहरी नायब महानिरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।

साइबर अपराधका मुद्दा सबैभन्दा बढी उजुरी परेको जनाउँदै उनले प्रहरीले अघिल्लो तीन महिनाको तुलना गर्दा बैंकिङ कसुरका मुद्दा दोब्बरले बढेको बताए । उनका अनुसार प्राप्त विवरणमा गत वर्षको तीन महिनामा एक हजार ८०० को हाराहारीमा बैंकिङ कसूरका मुद्दा दर्ता भएकामा यस वर्ष त्यो संख्या बढेर तीन हजार ५०० भन्दा बढी छन् ।

प्रहरीका अनुसार यस अवधिमा कूल तीन हजार ५६२ जना फरार अपराधीलाई पक्राउ गरिएको छ । उनीहरूबाट एक हजार ८७० वर्ष १० महिना २५ दिन कैद असुल गरिएको छ भने तोकिएको ३० करोड ३८ लाख १६ हजार रकम असुल गर्नुपर्ने देखिएको प्रहरी प्रवक्ता कडायतले बताए ।

उनका अनुसार उक्त अवधिमा गाँजामात्रै छ हजार ९६१ किलो, चरेस १७९ किलो, खैरो हेरोइन चार किलो २५ ग्राम र अफिम चार किलो ९८ ग्राम बरामद गरिएको छ । लागुऔषध ब्युरोको विशेष अपरेसनमा रात्रिकालीन क्लबहरूमा गरिएको विशेष अपरेसनमा पाँच विदेशीसहित ११ जनालाई पक्राउ गरिएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार सहकारी ठगीका विषयमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी र तुलसी बहुमुखी सहकारीका शाखा कार्यालयहरूबाट एक लाख ८९ हजार ८७९ निक्षेपकर्ताहरूको १२ अर्ब २३ करोड ५१ लाख रुपैयाँ रकम दुरुपयोग भएको भेटिएको कडायतले बताए । उनका अनुसार उक्त रकम दुरुपयोगका आरोपमा सहकारीका सञ्चालक केदारनाथ शर्मालाई पक्राउ गरी कानुनी कारबाही थालिएको छ ।

अन्य सहकारी ठगीतर्फ दुई अर्ब ४४ करोड २१ लाख रुपैयाँ बिगो कायम गरी अन्य सहकारी ठगीका आरोपीविरुद्ध पाँचवटा मुद्दा दर्ता भएका छन् भने उक्त मुद्दमा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरिएको छ । यस अवधिमा लामो हतियार १५३, छोटा हतियार १६, गोली १४७ र म्यागजिन छ वटा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छ हजारभन्दा बढी हातहतियार भने नष्ट गरिएका छन् । 


प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १२:३८
#नेपाल प्रहरी
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चोरीपैठारीको सामानसहित मोटरसाइकल नियन्त्रणमा
चोरीपैठारीको सामानसहित मोटरसाइकल नियन्त्रणमा बिहीबार, जेठ ३२, २०८०
धारिलो हतियारले दम्पतीको हत्या
धारिलो हतियारले दम्पतीको हत्या मंगलबार, जेठ २३, २०८०
आसाममा १६ करोडको लागु औषध बरामद
आसाममा १६ करोडको लागु औषध बरामद आइतबार, जेठ २१, २०८०
अमेरिका र नेपालबीच व्यापार तथा लगानी प्रवद्र्धनमा जोड
अमेरिका र नेपालबीच व्यापार तथा लगानी प्रवद्र्धनमा जोड शुक्रबार, जेठ ५, २०८०
पाण्डेको हत्यामा संलग्न अभियाेगमा झापाबाट एक युवक पक्राउ
पाण्डेको हत्यामा संलग्न अभियाेगमा झापाबाट एक युवक पक्राउ आइतबार, वैशाख १७, २०८०
राजविराज कारगारमा कैदीको मृत्यु
राजविराज कारगारमा कैदीको मृत्यु शुक्रबार, वैशाख ८, २०८०
लोकप्रिय
  • Week
  • Month
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
 नयाँ दल खोल्ने  ‘वार्मअप’
 नयाँ दल खोल्ने  ‘वार्मअप’
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP