Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘पम्फादेवी’ भनेपछि आरजु फायर !
‘पम्फादेवी’ भनेपछि आरजु फायर !
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २०, २०८०
Arzu-Rana-Deuba_1525066571
Hardik health
काठमाडौं– नेपाली कांग्रेसमा सबैभन्दा शक्तिशाली नायबी शासन चलाउने पात्रका रुपमा परिचित पात्र हुन् डा. आरजु राणा देउवा । कांग्रेस सभापति शेरबहादुर देउवापत्नी भएकै कारण ‘भाउजु’ उपनामले पार्टीभित्र परिचित छिन् उनी । पार्टी सभापतिपत्नी भएपछि शक्ति नहुने कुरै भएन । मन्त्री कसलाई बनााउनेदेखि शक्तिशाली निकायका प्रमुखको नियुक्तिमा आरजु हाबी हुने नै भयो । अझ देउवाकै आडमा १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी उनी समानुपातिक सूचीमा बसेर सांसद पनि भइसकेकी छन् । अघिल्लो निर्वाचनमा कैलाली–५ मा एमालेका नारदमुनि रानासँग हारेपछि केन्द्र फर्केर चुपचाप बसेकी आरजुको नायबी शासनविरुद्ध बेलाबेला असन्तुष्टहरुले आवाज उठाउने गर्छन् । डा. स्वर्णिम वाग्लेले आरजुको हेपाइ सहन नसकेर पार्टी छाडेको बताएका थिए । पार्टी छाड्दै गर्दा स्वर्णिमले डा. शेखर कोइराला, महामन्त्री गगन थापालगायतलाई मेसेज गर्दै भनेका थिए– देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो । स्वर्णिम तनहुँ–१ बाट निर्वाचित भइसकेका छन् । कांग्रेसमा भाउजुको हेपाइ सहन नसक्नेहरुको लाइन लामै छ । डडेल्धुरा कांग्रेसका पूर्व सभापति कर्ण मल्लदेखि डा मिनेन्द्र रिजालसम्म पार्टीमा पीडित बनेका छन् उनका कारण । यता कांग्रेसले कारवाही गरेपछि स्वतन्त्रबाट निर्वाचित बनेका सांसद डा. अमरेशकुमार सिंहले आरजुको नायबीमाथि प्रश्न उठाएका छन् । शुक्रबारको संसद् बैठकमा अमरेशले आरजुलाई ‘पम्फादेवी’ नाम करार गरिदिए । २०६३ सालयता आरजुको भ्रष्टाचारमा रजाइँ चल्न थालेको आरोप अमरेशको थियो ।‘०६३ यता जो पम्फादेवी जन्मिएको छ । त्यो फम्फादेवीको कारबाहीका लागि अस्ति पनि गृहमन्त्रीलाई भनेको छु, कि पम्फादेवीको सम्पत्ति छानविन होस् । पम्फादेवीको कारोबार छानविन होस्,’ सिंहले प्रश्न गरे ‘र, यो धितोपत्र बोर्डको अर्को लाइसेन्स प्राइभेटलाई दिन खोजिरहेको छ, के दूरसञ्चार प्राधिकरण प्राइभेटलाई दिन मिल्छ ? सर्वोच्च अदालत प्राइभेटलाई दिन मिल्छ ? नेपाल सरकार प्रइभेटलाई दिन मिल्छ ? त्यसो भए प्रधानमन्त्रीसँग अनुरोध छ, उहाँको जिम्मेबारी नै प्राइभेटलाई दिउँ ।’ धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ती हुने तयारी चलेको बेलो अमरेशको यो भनाई आएको हो । बोर्डको अध्यक्ष नियुक्तीमा आरजु हाबी हुने आशंका गरिएको खबरहरु बाहिरिएका छन् । राजा वीरेन्द्रको शासनमा रानी ऐश्वर्यदेवीलाई भ्रष्टाचारको आरोप लाग्थ्यो । स्विस बैंकमा ऐश्वर्यले पैसा जम्मा गरेको आरोप लाग्थ्यो । त्यतिबेला समाचार लेख्दा रानीको नाम राख्न नसक्ने भएकोले पम्फादेवीको नाममा उनको विरोध हुन्थ्यो । पछि पम्फादेवीकै नाममा उनको विरोधमा समाचारहरु प्रकाशन हुन्थ्यो । यही शैलीमा आरजु भ्रष्टाचारमा उत्रिएको अमरेशको आरोप थियो । सरकारले भ्रष्टाचारीलाई कारबाही नगरिए जनताको माझमा यही नारा लगेर जाने चेतावनीसमेत दिएका छन् । ‘देशको जनता गरिब हुने गरिबको छोराछोरी मलेसिया कतारमा ट्याक्स पठाउने यहाँ अर्बौ कुम्ल्याउने । सेक्युरिटी प्रिन्टिङ प्रेसको कुरा छ । म सभामुखलाई अनुरोध गर्छु त्यो स्टक एक्सचेन्जको रमेश अर्याललाई कारबाहीको दायरामा ल्याउनुपर्छ,’ अमरेशको जोड थियो, ‘नेप्से परिसुचकको गरिएको अध्ययन प्रतिवेदन २०७९ को छ । त्यो लागू नगर्ने । चोरबाटोबाट हिमालय रिइन्स्युरेन्सलाई जसरी प्राइभेटलाई लाइसेन्स दिने अर्बौ खाने । या खाने पम्फादेवीहरुलाई कारवाहीको दायरामा लान्छु या जनताको बीचमा यही नारा लिएर जान्छु ।’ सञ्चार माध्यममा ठाउँ नदिन अनुनय ! अमरेशको अभिव्यक्ति सामाजिक सञ्जालदेखि मिडियामा छाएपछि आरजु आक्रोशित बनेकी छिन् । मंगलबार आरजुले आफूमाथि कपोलकल्पित आरोप लगाएको दाबी गरेकी छिन् । ‘पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरुले मलाई लक्षित गरेर निराधार र कपोलकल्पित आरोप लगाउदै दुस्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रेस विज्ञप्तिमार्फत आरजुले भनेकी छिन्, ‘हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ, तर कसैलाई पनि कोही विरुद्ध आधारहिन गालि गलौज र लान्छाना लगाउने अधिकार छैन ।’ नियोजित रुपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले संचार माध्यममा अन्तर्वार्ता दिँदै गाली बेइज्जतीमा उत्रनु खेदजनक रहेकोसमेत आरजुले बताएकी छिन् । अमरेशले प्रतिनिधि सभामा बोलेलगत्तै विभिन्न टेलिभिजनमा अन्तर्वार्ता दिँदै आरजुमाथि खनिएपछि प्रेस विज्ञप्तिमार्फत आरजुले प्रतिकार गरेकी हुन् । ‘कांग्रेसमा तालिवानहरुको जमात छ । भ्रष्टाचारको जननी भएको छ कांग्रेस,’ प्राइम टेलिभिजनसँग अमरेशले भनेका छन्, ‘नेपालमा नयाँ नयाँ पम्फादेवी जन्म भइरहेको छ ।’ यता आरजुले भने यस्तो विषयलाई सञ्चारमाध्यममा ठाउँ नदिन आग्रह गरेकी छिन् । ‘हरेक जसो अन्तवार्तामा केही व्यक्तिहरु नियोजित रुपमै मेरोविरुद्ध व्यक्तिगत गालीगलौज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहिन, निराधार, तथ्यहीन र चरित्रहत्या गर्ने दुषित उद्देश्य बमोजिम आएका आरोपलाई स्थान नदिन पनि सबै आम संचारमाध्यमलाई आग्रह गर्दछु,’ आरजुले भनेकी छिन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP