Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘पम्फादेवी’ भनेपछि आरजु फायर !
‘पम्फादेवी’ भनेपछि आरजु फायर !
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २०, २०८०
Arzu-Rana-Deuba_1525066571
RBB RBB
काठमाडौं– नेपाली कांग्रेसमा सबैभन्दा शक्तिशाली नायबी शासन चलाउने पात्रका रुपमा परिचित पात्र हुन् डा. आरजु राणा देउवा । कांग्रेस सभापति शेरबहादुर देउवापत्नी भएकै कारण ‘भाउजु’ उपनामले पार्टीभित्र परिचित छिन् उनी । पार्टी सभापतिपत्नी भएपछि शक्ति नहुने कुरै भएन । मन्त्री कसलाई बनााउनेदेखि शक्तिशाली निकायका प्रमुखको नियुक्तिमा आरजु हाबी हुने नै भयो । अझ देउवाकै आडमा १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी उनी समानुपातिक सूचीमा बसेर सांसद पनि भइसकेकी छन् । अघिल्लो निर्वाचनमा कैलाली–५ मा एमालेका नारदमुनि रानासँग हारेपछि केन्द्र फर्केर चुपचाप बसेकी आरजुको नायबी शासनविरुद्ध बेलाबेला असन्तुष्टहरुले आवाज उठाउने गर्छन् । डा. स्वर्णिम वाग्लेले आरजुको हेपाइ सहन नसकेर पार्टी छाडेको बताएका थिए । पार्टी छाड्दै गर्दा स्वर्णिमले डा. शेखर कोइराला, महामन्त्री गगन थापालगायतलाई मेसेज गर्दै भनेका थिए– देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो । स्वर्णिम तनहुँ–१ बाट निर्वाचित भइसकेका छन् । कांग्रेसमा भाउजुको हेपाइ सहन नसक्नेहरुको लाइन लामै छ । डडेल्धुरा कांग्रेसका पूर्व सभापति कर्ण मल्लदेखि डा मिनेन्द्र रिजालसम्म पार्टीमा पीडित बनेका छन् उनका कारण । यता कांग्रेसले कारवाही गरेपछि स्वतन्त्रबाट निर्वाचित बनेका सांसद डा. अमरेशकुमार सिंहले आरजुको नायबीमाथि प्रश्न उठाएका छन् । शुक्रबारको संसद् बैठकमा अमरेशले आरजुलाई ‘पम्फादेवी’ नाम करार गरिदिए । २०६३ सालयता आरजुको भ्रष्टाचारमा रजाइँ चल्न थालेको आरोप अमरेशको थियो ।‘०६३ यता जो पम्फादेवी जन्मिएको छ । त्यो फम्फादेवीको कारबाहीका लागि अस्ति पनि गृहमन्त्रीलाई भनेको छु, कि पम्फादेवीको सम्पत्ति छानविन होस् । पम्फादेवीको कारोबार छानविन होस्,’ सिंहले प्रश्न गरे ‘र, यो धितोपत्र बोर्डको अर्को लाइसेन्स प्राइभेटलाई दिन खोजिरहेको छ, के दूरसञ्चार प्राधिकरण प्राइभेटलाई दिन मिल्छ ? सर्वोच्च अदालत प्राइभेटलाई दिन मिल्छ ? नेपाल सरकार प्रइभेटलाई दिन मिल्छ ? त्यसो भए प्रधानमन्त्रीसँग अनुरोध छ, उहाँको जिम्मेबारी नै प्राइभेटलाई दिउँ ।’ धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ती हुने तयारी चलेको बेलो अमरेशको यो भनाई आएको हो । बोर्डको अध्यक्ष नियुक्तीमा आरजु हाबी हुने आशंका गरिएको खबरहरु बाहिरिएका छन् । राजा वीरेन्द्रको शासनमा रानी ऐश्वर्यदेवीलाई भ्रष्टाचारको आरोप लाग्थ्यो । स्विस बैंकमा ऐश्वर्यले पैसा जम्मा गरेको आरोप लाग्थ्यो । त्यतिबेला समाचार लेख्दा रानीको नाम राख्न नसक्ने भएकोले पम्फादेवीको नाममा उनको विरोध हुन्थ्यो । पछि पम्फादेवीकै नाममा उनको विरोधमा समाचारहरु प्रकाशन हुन्थ्यो । यही शैलीमा आरजु भ्रष्टाचारमा उत्रिएको अमरेशको आरोप थियो । सरकारले भ्रष्टाचारीलाई कारबाही नगरिए जनताको माझमा यही नारा लगेर जाने चेतावनीसमेत दिएका छन् । ‘देशको जनता गरिब हुने गरिबको छोराछोरी मलेसिया कतारमा ट्याक्स पठाउने यहाँ अर्बौ कुम्ल्याउने । सेक्युरिटी प्रिन्टिङ प्रेसको कुरा छ । म सभामुखलाई अनुरोध गर्छु त्यो स्टक एक्सचेन्जको रमेश अर्याललाई कारबाहीको दायरामा ल्याउनुपर्छ,’ अमरेशको जोड थियो, ‘नेप्से परिसुचकको गरिएको अध्ययन प्रतिवेदन २०७९ को छ । त्यो लागू नगर्ने । चोरबाटोबाट हिमालय रिइन्स्युरेन्सलाई जसरी प्राइभेटलाई लाइसेन्स दिने अर्बौ खाने । या खाने पम्फादेवीहरुलाई कारवाहीको दायरामा लान्छु या जनताको बीचमा यही नारा लिएर जान्छु ।’ सञ्चार माध्यममा ठाउँ नदिन अनुनय ! अमरेशको अभिव्यक्ति सामाजिक सञ्जालदेखि मिडियामा छाएपछि आरजु आक्रोशित बनेकी छिन् । मंगलबार आरजुले आफूमाथि कपोलकल्पित आरोप लगाएको दाबी गरेकी छिन् । ‘पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरुले मलाई लक्षित गरेर निराधार र कपोलकल्पित आरोप लगाउदै दुस्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रेस विज्ञप्तिमार्फत आरजुले भनेकी छिन्, ‘हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ, तर कसैलाई पनि कोही विरुद्ध आधारहिन गालि गलौज र लान्छाना लगाउने अधिकार छैन ।’ नियोजित रुपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले संचार माध्यममा अन्तर्वार्ता दिँदै गाली बेइज्जतीमा उत्रनु खेदजनक रहेकोसमेत आरजुले बताएकी छिन् । अमरेशले प्रतिनिधि सभामा बोलेलगत्तै विभिन्न टेलिभिजनमा अन्तर्वार्ता दिँदै आरजुमाथि खनिएपछि प्रेस विज्ञप्तिमार्फत आरजुले प्रतिकार गरेकी हुन् । ‘कांग्रेसमा तालिवानहरुको जमात छ । भ्रष्टाचारको जननी भएको छ कांग्रेस,’ प्राइम टेलिभिजनसँग अमरेशले भनेका छन्, ‘नेपालमा नयाँ नयाँ पम्फादेवी जन्म भइरहेको छ ।’ यता आरजुले भने यस्तो विषयलाई सञ्चारमाध्यममा ठाउँ नदिन आग्रह गरेकी छिन् । ‘हरेक जसो अन्तवार्तामा केही व्यक्तिहरु नियोजित रुपमै मेरोविरुद्ध व्यक्तिगत गालीगलौज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहिन, निराधार, तथ्यहीन र चरित्रहत्या गर्ने दुषित उद्देश्य बमोजिम आएका आरोपलाई स्थान नदिन पनि सबै आम संचारमाध्यमलाई आग्रह गर्दछु,’ आरजुले भनेकी छिन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’ बुधबार, वैशाख ३१, २०८२
जहिल्यै हौसिने ओली, अहिले छैन आँट
जहिल्यै हौसिने ओली, अहिले छैन आँट बुधबार, वैशाख ३१, २०८२
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा
अन्तरप्रदेश सरुवा खुला, ‘कुलिङ पिरियड’मा मिलेन कुरा मंगलबार, वैशाख ३०, २०८२
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन शुक्रबार, वैशाख २६, २०८२
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप शुक्रबार, वैशाख २६, २०८२
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने बिहीबार, वैशाख २५, २०८२
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने  बैठक स्थगित
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने बैठक स्थगित बुधबार, वैशाख २४, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP