Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • प्राविधिक कमजोरीकै कारण दुर्घटना
प्राविधिक कमजोरीकै कारण दुर्घटना
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ८, २०८०
HKC_Jajarkot-pilf
Hardik health
तल्नुबगर (रुकुम पश्चिम)– भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जना कामदारको मृत्यु भएको छ । भेरी करिडोरअन्तर्गत पर्ने जाजरकोटको नलगाड नगरपालिका–१२ को तल्नुबगर र रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४ गोतामकोट जोड्ने ठूलीभेरी नदीमाथि बनिरहेको बेलिब्रिज भत्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । ‘दिउँसो १२ बजेको समयमा लेन जोड्ने सामानसहित पुगेको क्रेन खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भयो,’ आठविसकोट–४ का वडाध्यक्ष घनश्याम भण्डारीले प्रभावसँग भने ।घटनामा परी भारत बहराइज मधुवापुरका अन्दाजी ४० वर्षीय प्रशान्त राजकुमार र सोही स्थानका ३० वर्षीय धर्मेन्द्र हरिजन चमारको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटका प्रहरी प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदीले जानकारी दिए । घटनाको समयमा कार्यस्थलमा नौ जना कामदार रहेकामा चार जना सामान्य घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए ।गम्भीर घाइते तीनै जनालाई घटनास्थलबाट जाजरकोटको दल्लीस्थित प्राथमिक उपचार केन्द्रमा पु¥याइएकोमा त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको प्रहरी निरीक्षक सुवेदीले बताए । तीन घाइतेको अवस्था गम्भीर बेलिब्रिज भाँचिदा क्रेन चालक नवलपरासीका २६ वर्षीय निरजकुमार सामान्य घाइते भएका छन् । यसैगरी घटनामा परी भारत बहराइज मधुवापुरका ५० वर्षीय मैकु गौतम, सोही ठाउँका ३० वर्षीय गोरख नाथ, १९ वर्षीय सोनु चमार सामान्य घाइते भएका छन् । घटनामा गम्भीर घाइते हुनेमा २५ वर्षीय सञ्जय गौतम, ६० वर्षीय राजकुमार गौतम र ३७ वर्षीय गोपाल हरिजन रहेका छन् । तीनै जनाको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको र तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । डोल्पा पुग्ने पुल देशकै सबैभन्दा ठूलो जिल्ला डोल्पालाई सडक सञ्जालसँग जोड्ने पुल हो– ठूलो भेरी नदीमाथि बनिरहेको यो पुल । सरकारले डोल्पालाई यसअघि नै सडक सञ्जालमा जोडिएको घोषणा गरिसकेको छ । पाँच वर्षअघि नै तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल पुगेर दुनैसम्म जोडिएको सडक उद्घाटन गरेका थिए । करिब ११८ किलोमिटर लामो जाजरकोट–डोल्पा सडकको ट्र्याक खोल्ने कार्य नेपाली सेनाले २०७५ मंसिर ४ गते सम्पन्न गरेको थियो । निर्माण गरेको एक वर्षपछि २०७६ कात्तिक २१ सडक विभागलाई जाजरकोट–डोल्पा सडक औपचारिकरुपमा हस्तान्तरण गरिएको थियो ।भेरी नदीको तीरैतीर घुमाएर मुश्किलले भेरी नदी तरेपछि डोल्पाको दुनै पुगिन्थ्यो । पोखरेल पुगेको एक वर्षपछि सरकारले चौरजहारीमार्फत रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४, छोटेबगरदेखि डोल्पा सदरमुकाम दुनैसम्म बेलिब्रिज निर्माण गर्ने घोषणा गर्‍यो । तर, सरकारले बल्ल गत वर्षबाट पुलको काम सुरु गर्‍यो । ‘जाजरकोटतर्फ गत वर्षबाट काम सुरु भएको थियो भने रुकुमपश्चिमतर्फ यही मंसिरबाट काम थालिएको हो,’ वडाध्यक्ष भण्डारीले भने, ‘दुई लेन बनिसकेर अब चार लेन पूरा गर्ने क्रममा थियो ।’ केही समयमा दुनैसम्म जोडिने पुल सम्पन्न हुने लक्ष्य राखिए पनि घटनासँगै यसको निर्माण पुरा हुने समयमा अन्योलता छाएको छ । ‘घटनासँगै काम निरन्तरता दिने कि नदिने भन्ने विषयमा अन्योलता छाएको छ, यसबारे कुनै निर्णय हुन सकेको छैन,’ वडाध्यक्ष भण्डारीले भने । दुनैसम्म जोडिने सडक सञ्जालका लागि पक्की पुलको सर्भे भने बल्ल सुरु भएको भण्डारीको भनाइ छ । डोल्पाको दुनै पुग्न वर्षात्को समयमा बन्दै हुन्छ । पुल नहुँदा ह्युमपाइप राखेर ठूलो भेरी तार्दै दुनैमा सडक सञ्जाल जोडिन्थ्यो । वर्षात्को समयमा भने यो पुलको भर हुँदैनथ्यो । बेलिब्रिज महिना दिनमै बनिसक्ने तयारी थियो । त्यसपछि १२ महिनै दुनै जोडिने थियो । तर, बिहिबारको दुर्घटनासँगै पूरा हुने समय केही पर धकेलिने भएको छ । प्रत्यक्षदर्शी र स्थानीयका अनुसार निर्माण टोलीको कमजोरीका कारण घटना भएको हो । दुईतिर दुई–दुई लेन पुल बनाउने क्रममा एकोहोरोमात्र डण्डी बिछ्याइएको अवस्थामै क्रेन चढाएपछि भार थाम्न नसकेर घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । जाजरकोट नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले पनि प्राविधिक कमजोरीकै कारण घटना भएको आफूले सुनेको बताए । ‘डबल नगराउँदै क्रेन चढाएकोले घटना भएको भन्ने बुझियो,’ नगरप्रमुख रावतले भने । यद्यपि, घटनाको विस्तृत जानकारीविना यसै भएको भन्न नसकिने रावतले बताए । नेपालगञ्जदेखि सीधै डोल्पा पुग्नका लागि महत्वपूर्ण मानिएको तल्नुबगर बेलिब्रिज निर्माणको काम अघिल्लो वर्ष पूरा गर्नुपर्ने भए पनि बल्ल पुरा हुन लागेको थियो । बेलिब्रजका ठेकेदार बुद्धिबहादर खत्री हुन् । सडक डिभिजन कार्यालय चौरजहारीले ठेक्का खुलाएर हिम सगरमाथा खड्का कृष्ण जेभीले तीन करोड ४१ लाखमा पुल निर्माणको जिम्मा पाएको झण्डै एक वर्षपछि काम सुरु भएको थियो । २०७८ पुसमा निर्माण कम्पनीसँग सम्झौता भएसँगै काम सुरु भएको हो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ०१:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस आइतबार, फागुन १०, २०८२
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन आइतबार, फागुन १०, २०८२
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे आइतबार, फागुन १०, २०८२
चितवन-३ मा कस्तो छ चुनावी माहोल ?
चितवन-३ मा कस्तो छ चुनावी माहोल ? आइतबार, फागुन १०, २०८२
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन आइतबार, फागुन १०, २०८२
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन आइतबार, फागुन १०, २०८२
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा आइतबार, फागुन १०, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP