Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह
खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख ७, २०८०
fire
Hardik health
काभ्रेपलाञ्चोक- खानीखोला गाउँपालिकास्थित तीन जङ्गलमा गए रातिदेखि आगलागी भएको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा आगलागी भएको गाउँपालिकाले जनाएको छ । आगलागीबाट भौतिक एवं मानवीय क्षति नभएपनि जङ्गलका रुख बिरुवा नष्ट भइरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । उहाँका अनुसार छिमेकी जिल्ला सिन्धुलीको जङ्गलमा पनि आगलागी भइरहेकाले यसको प्रकृतिबारे थप बुझ्दै कारण पत्ता लगाउने प्रयास भइरहेको छ । “आगलागीको कारण खोज्दैछौँ, जङ्गलको आगो बस्तीतर्फ आउनसक्ने बारे आज बिहानैदेखि स्थानीयलाई सचेत गराउन थालेका छौँ”, थिङले बताएका छन्  । गत हप्ता तेमाल गाउँपालिकाको ८ र ९ वडास्थित मेच्छे जङ्गलमा लागेको आगो स्थानीय र सुरक्षाकर्मीद्वारा तीन दिनमा नियन्त्रणमा ल्याइएको थियो । उक्त आगलागीबाट निजी वनमा रोपिएको करिब दुई हजार कटहरका बिरुवासमेत नष्ट भएको स्थानीय सुकुमान तामाङले बताए  । गत चैतमा पनि गाउँपालिकाको केही जङ्गलमा आगलागी भएपछि गाउँपालिकाले सुक्खायाममा आगलागीजन्य सामाग्रीको अत्यावश्यकबाहेक अन्य कामकाजमा प्रयोग नगर्न, आगलागी हुन नदिन तथा त्यसबाट बच्न सचेतनामूलक अपिल गरेको थियो । त्यसबेला आगलागीबाट सबैभन्दा बढी वडा नं ५ स्थित जङ्गलमा रुख, बिरुवा क्षति भएको गाउँपालिकाले जनाएको छ । सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र कर्मचारीको सक्रियतामा केही दिनमा आगो नियन्त्रणमा ल्याइएको थियो । लामो समयको खडेरीपछि निरन्तर हावाहुरी तथा तापक्रम बढिरहेको अवस्थामा सामुदायिक वन तथा निजी क्षेत्रमा आगलागी हुनसक्ने भएकाले उक्त गाउँपालिकाले सेचत रहन आग्रह गरेको हो । यसअघि गत माघ तेस्रो साता धुलिखेल नगरपालिका–९ ठूलीचौरस्थित धोबीखोला सामुदायिक वनमा आगलागी भएपछि सदरमुकामस्थित कालीजङ्ग गणको टोलीले दिनभरको प्रयासपछि नियन्त्रणमा लियो । आगलागीबाट ठूलीचौरमा रहेका विभिन्न जातका रुख बिरुवा नष्ट भएका थिए । जङ्गलसँगै जोडिएको बस्तीमा क्षति पुग्न सक्ने भएकाले नेपाली सेनाको टोलीले जङ्गलमा लागिरहेको आगो नियन्त्रणमा लिने अथक प्रयास गरेको थियो । अघिल्लो चैतमा नमोबुद्ध नगरपालिका–७ काँक्रेस्थित जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर रहँदा निकै तनावको अवस्था सिर्जना गरेको थियो । जिल्ला विपद् व्यवस्थापन समितिले आगलागीका घटना हुनसक्ने जनाउँदै पूर्वतयारीसँगै स्थानीय सरकारसँग विपद् व्यवस्थापनका लागि समन्वय गरिरहेको जनाएको छ । उसले आगो लागिसकेपछि पूर्ण नष्ट नभएसम्म नियन्त्रणमा लिन कठिन हुने भएपछि सबैमा सचेत रहन अपिल गर्दै आएको छ । डिभिजन वन कार्यालय धुलिखेलले जङ्गलमा घाँस पलाउने धारणा, वनमा रहेका बोट बिरुवामा राम्रो फल फल्ने आशा, चोरी शिकारीले जङ्गली जन्तुको शिकार गर्न सहज बनाउने उद्देश्यले जिल्लाका सामुदायिक वनमा डढेलो लगाउने गरेको घटनाक्रमले देखाएको छ । सामुदायिक वनमा डढेलो लाग्न नदिन कार्यालयले जिल्लाको विभिन्न स्थानमा चेतनामूलक होर्डिङ बोर्ड राख्नुको साथै डढेलोबाट हुने बेफाइदा, हानिनोक्सानी र कानुनी व्यवस्थाको बारेमा माइकिङसमेत गर्दै आएको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस आइतबार, फागुन १०, २०८२
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन आइतबार, फागुन १०, २०८२
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे आइतबार, फागुन १०, २०८२
चितवन-३ मा कस्तो छ चुनावी माहोल ?
चितवन-३ मा कस्तो छ चुनावी माहोल ? आइतबार, फागुन १०, २०८२
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन आइतबार, फागुन १०, २०८२
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन आइतबार, फागुन १०, २०८२
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा आइतबार, फागुन १०, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP