ओखलढुंगा - ओखलढुंगाको ककनीमा भीषण आगोलागी भएको छ । मोलुङ गाउँपालिकाबाट सुरु भएको आगोलागी सुनकाेशी गाउँपालिका हुँदै बढ्दै गएकाे छ ।
याे आगाेलागीकाे रुप हेर्दा चम्पादेवीसम्मै पुग्ने स्थिति रहेको स्थानियले बताएका छन् ।
सो आगोलागी जंगलमा कुन समयदेखि लागेको यकिन नभएको तर नौ बजेर पैंतालिस मिनेटदेखि ककनीबाट आगोलागी भएकाे देखिएको ककनी निवासी अभिषेक रापचाले बताएका छन् ।
आगालागीले विकराल रुप लिन नदिन कोसहाटबाट प्रहरीहरु आगाे निभाउन लागि परेका छन् । यसका साथै त्यहाँ वरपरका स्थानियबासीहरु लागि परेका छन् ।
स्थानियबासीका अनसुार सो आगोलागी लामाे बाटाे बनाउदै बढ्दै गएकाे छ । विस्तृत जानकारी भने आउन बाँकी छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० २३:१९