Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
  • #अपहरण
Search Here
समाचार
  • Home
  • समाचार
  • सीमानाकामा बढाइयाे उच्च सतर्कता
सीमानाकामा बढाइयाे उच्च सतर्कता
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख १, २०८०
Nawalpur_District
Hardik health
नवलपरासी - कोरोना सङ्क्रमण बढ्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा नियन्त्रणका लागि पूर्वतयारीस्वरूप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ ‘एन्टिजेन’ परीक्षण गरिने छ भने सबै स्थानीय तहहरूमा पनि ‘एन्टिजेन’ परीक्षण गरिने छ । भारतलगायत विभिन्न देशमा कोभिडको नयाँ भेरिएन्ट सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि विशेष गरी सीमा क्षेत्रमा उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गर्न लागिएको जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए  । जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षण गर्ने निर्णय गरेको हो । पश्चिम नवलपरासीका विभिन्न नाकाबाट मानिस आवतजावत गर्ने हुँदा यहाँ बढी जोखिम रहने गर्दछ । नवलपरासी जिल्ला भारतको उत्तर प्रदेश र विहार प्रदेशसँग सीमा जोडिएकाले सुरुबाटै सङ्क्रमण नियन्त्रणका लागी यसलाई अभियानकै रुपमा अघि बढाउन लागिएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ । सीमा क्षेत्र र सबै स्थानीय तहमा आवश्यक जनशक्तिसहित केही दिनमा ‘एन्टिजेन’ परीक्षण अभियान सञ्चालन गरिने छ । जिल्लामा हाल दुई हजार एन्टिजेन टेष्ट किट रहेको र अपुग भएमा मगाउन सकिने स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । अभियानअन्तर्गत सार्वजनिक यातायात र बढी भीडभाड हुने सरकारी कार्यालय तथा सार्वजनिक स्थानमा मास्क लगाउन र स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गराइने छ । पछिल्लो पटक जिल्लामा भने कुनै पनि नयाँ सङ्क्रमित फेला परेका छैनन् । हालसम्म जिल्लामा कोभिड–१९ बाट दुई सय नौको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिडविरुद्ध सञ्चालन गरिएको खोपमध्ये पहिलो र दोस्रो शङ्खलाको खोप लगाउनेको सङ्ख्या एक सय प्रतिशत छ । त्यसैगरी पहिलो बुस्टर लगाउने ५४ प्रतिशत छ । दोस्रो बुस्टरको रुपमा अहिले सञ्चालन गरिएको बायोभ्यालेन्ट खोप लगाउनेको सङ्ख्या पाँच प्रतिशत छ । बायोभ्यालेन्ट खोप जुनसुकै खोप लगाएकाले पनि लगाउन सक्ने छन् भने अहिलेसम्म कुनै पनि खोप नलाएकाले भेरोसेल खोप लगाउन सक्ने छन् । ती दुवै खोप स्थानीय तहहरूमा गएर लगाउन सकिने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालमै पहिलो पूर्ण खोप जिल्ला घोषणा भएको पश्चिम नवलपरासीमा सङ्क्रमण फैलिन नदिन उच्च सतर्कतासहितको अभियानलाई प्रभावकारी बनाउन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनिश्चितकालका लागि लाइसेन्स छपाइ र वितरण  बन्द
अनिश्चितकालका लागि लाइसेन्स छपाइ र वितरण बन्द आइतबार, भदौ २९, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा थालियाे पर्यटकीय सडकको मर्मत
चितवन राष्ट्रिय निकुञ्जमा थालियाे पर्यटकीय सडकको मर्मत आइतबार, भदौ २९, २०८२
हतियार तथा सुरक्षासामग्री फिर्ता गर्न सशस्त्र प्रहरीकाे  अनुरोध
हतियार तथा सुरक्षासामग्री फिर्ता गर्न सशस्त्र प्रहरीकाे अनुरोध आइतबार, भदौ २९, २०८२
चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय
चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन
प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन आइतबार, भदौ २९, २०८२
अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु
अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु आइतबार, भदौ २९, २०८२
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा दभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा दभार ग्रहण आइतबार, भदौ २९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP