सिरहा - चोरीनिकासीको सोफि मदिरासहित स्कार्पियो गाडी प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
सिरहा जिल्लाको सिरहा नगरपालिका १७ लच्काबाट चैत्र २१ गते करीव १८ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सोफि मदिरासहित स्कार्पियो गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हाे ।
विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म माडर (बिओपी माडर)ले बि.आर. ३१ पि ७६५९ नम्बरको गाडीमा फल्स बटन बनाई लुकाई छिपाई
लैजाँदै गरेको उक्त मदिरा सशस्त्र प्रहरीले फेला पारेको जनाएकाे हो ।
नियन्त्रणमा लिइएको मदिरा तथा गाडी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय माडरमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताएका छन् ।