Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • कैलाली र कञ्चनपुरका पशुमा रेबिजको सङ्क्रमण
कैलाली र कञ्चनपुरका पशुमा रेबिजको सङ्क्रमण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २३, २०७९
rabis
Hardik health
दोधारा चाँदनी- पछिल्लो एक महिनायता कैलाली र कञ्चनपुरमा पशुमा रेबिजको सङ्क्रमण दर बढेको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी कैलालीका अनुसार कञ्चनपुरमा पशुमा रेबिजको सङ्क्रमण बढेको छ । रेबिज सङ्क्रमणका कारण कञ्चनपुरमा भैँसी, गाई र बाख्राको मृत्यु भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख वरिष्ठ पशु चिकित्सक नरेश प्रसाद जोशीले बताएका छन् । उनले कैलालीका केही स्थानमा देखिए पनि कञ्चनपुरमा तीव्ररुपमा सङ्क्रमण फैलिन थालेको बताएका छन् । “कञ्चनपुरको बेदकोट र भीमदत्तका विभिन्न स्थानबाट पशु मर्न थालेपछि हामीलाई खबर आयो हामीले गएर अनुसन्धान गर्दा रेबिजको सङ्क्रमण पुष्टि भएको छ”, उनले बताए, “मङ्गलबार मात्रै भीमदत्त नगरपालिका–१५ मा रेबिजको सङ्क्रमणबाट गाईको मृत्यु भएको छ ।” रेबिजकै कारण भीमदत्त नगरपालिका–१३ मा बाख्राको मृत्यु भएको छ भने बेदकोट नगरपालिकाको चम्मापुरमा भैंसीको मृत्यु भएको छ । त्यसैगरी भीमदत्त नगरपालिकाको तिलकपुरमा पनि रेबिजकै कारण गाईको मृत्यु भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले जनाएको छ । “कैलालीको गौरीगङ्गा र धनगढीमा सङ्क्रमण देखिएको छ”, वरिष्ठ पशु चिकित्सक जोशीले भन्नुभयो, “कञ्चनपुरमा रेबिजको सङ्क्रमण बढी फैलिएको छ हामीले सबैलाई सचेत हुन आग्रह गरेका छौँ”, उनले सङ्क्रमण तीव्र देखिन थालेपछि प्रयोगशालाबाट निःशुल्क रुपमा खोप उपलब्ध गराउन थालेको जानकारी दिए । “स्याल र कुकुरको टोकाइबाट रेबिज सङ्क्रमण हुन्छ भने सङ्क्रमणपछि यसको कुनै उपचार छैन”, उहाँले भन्नुभयो, “सबैले कुकुरमा रेबिजविरुद्धको खोप लगाउन आवश्यक छ ।” भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका वरिष्ठ पशु चिकित्सक पानसिंह ठगुन्नाले कञ्चनपुरमा रेबिजको सङ्क्रमण फैलिएको भन्दै सबै सचेत हुनुपर्ने बताए । “रेबिजका कारण दुई/तीन वटा गाई र कुकुर मरिसकेका छन्”, उनले भने, “एक महिनायता सङ्क्रमणदर बढ्दो छ ।” भीमदत्त नगरपालिकाका-१४ अध्यक्ष भोजराज जोशीले रेबिजका कारण तीन वटा गाई मरेको बताए । “रेबिजकै कारण तीन वटा गाईको मृत्यु भएको हो”, उनले भने, “रातिको समयमा स्यालले या कुकुर कस्ले टोक्यो भन्ने थाहा भएन ।” कञ्चनपुरमा रेबिजका कारण गाईवस्तु मर्ने क्रम बढ्न थालेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस आइतबार, फागुन १०, २०८२
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन आइतबार, फागुन १०, २०८२
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे आइतबार, फागुन १०, २०८२
चितवन-३ मा कस्तो छ चुनावी माहोल ?
चितवन-३ मा कस्तो छ चुनावी माहोल ? आइतबार, फागुन १०, २०८२
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन आइतबार, फागुन १०, २०८२
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन आइतबार, फागुन १०, २०८२
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा आइतबार, फागुन १०, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP