Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • धनयुद्धमा रमाएको जनयुद्धको कहानी
धनयुद्धमा रमाएको जनयुद्धको कहानी
बुधबार, फागुन ३, २०७९
matangra
Hardik health
वैकुण्ठ भण्डारी-माघ सकिएर फागुनको शुभारम्भ हुँदै गर्दा बिहान हुन नपाउँदै कुखुरा बास्यो । कुखुरा बासेको आवाजले मट्याङ्ग्रो ज¥याकजुरुक्क उठेर सिरानीछेउको बत्तीको स्वीच थिच्छ, पाँच वाटे चिमको धमिलो उज्यालोमा सिरानीमाथिको भित्त घडी नियाल्छ । ३ पनि बजेको छैन । मट्याङ्ग्रो कुखुरालाई सराप्दै सिरक ओड्छ । तर निदाउन सक्दैन । आँखा खुल्ला गरेर मनमा कुन्नि के–के कुरा खेलाउँछ, दाहिने हातले सिरक फालेर जुरुक्क उठ्छ । तामाको अम्खोरामा राखेको पानी घट्घटी पिउँछ अनि भित्तामा माला लगाएर झुण्ड्याइएको छोरीको फोटोमा गएर सुम्सुम्याउँछ । र, श्रद्धाको दुई थोपा आँशु खसाल्छ । एक्लो मट्याङ्ग्रोको आँखाबाट झरेको आँशु न त छोरीले देख्छे न त आँशु पुछ्ने कोही नै साथमा छ । छ त केवल भित्तामा झुण्ड्याइएको छोरीको फोटो, अनि टकऽटक बजिरहेको भित्ते घडी । भित्ताको घडी टकऽटक बजिरहेको छ, लाग्छ मट्याङ्ग्रोको आँखाबाट झरेको आँशुलाई संगीत दिइरहेको छ । त्यही सांगीतिक आँशुसँगै बिहानीको मिर्मिरे उज्यालो पूर्वपट्टी रहेको झ्यालको प्वालबाट चियाइरहेको छ । ‘हुँदैन बिहानी मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुईचार सपुत मरेर नगए ।’ भूपि शेरचनले लेखेका हरफ मट्याङ्ग्रोको मस्तिष्कमा खेल्छ र छोरीको फोटोलाई भन्छ, ‘बुझिस् छोरी ? यी भूपि त निकै गलत रहेछन् । मनगढन्ते एक दर्जन शब्द चर्चामा ल्याए । सबैलाई कण्ठस्थ तुल्याए । अनि भ्रममा पारे ।’ म जस्ता एक्ला बाउहरुलाई सधैं रुवाए । ‘होइन बा, भूपिले भनेको साँच्चै नै हो । मुलुक बनाउनका लागि तपाईंकी छोरी पल्ला घरे साइला काकाको छोराजस्ता हजारौंले आफ्नो बलिदान दिएर त गणतन्त्र आएको छ ।’ कता–कता छोरीकै आवाजमा बोलेको जस्तै गरी मट्याङ्ग्राको मथिंगलमा खेल्छ । २७ वर्षअघि मुलुकमा सर्वहारा वर्गका लागि, शोषक, सामन्तीहरुका विरुद्ध, सर्वहारा वर्गको वर्गीय उत्थानका लागि भन्दै नेकपा माओवादी, संयुक्त जनमोर्चाका नामबाट विद्रोह गरेको दिन । मट्याङ्ग्रो सम्झन्छ, त्यो कहाली लाग्दो १० वर्ष । अनि आफ्नी छोरी, साइला भाइको छोरा । जसले साँच्चै नै मुलुक बनाउनका लागि भन्दै सशस्त्र विद्रोहमा लागेर आफ्नो ज्यान अर्पण गरेका । त्यो संघर्षले व्यवस्था त फेरियो तर अवस्था फेरिएन । मट्याङ्ग्राहरु २७ वर्षअघि जुन अवस्थामा थिए अहिले पनि त्यही अवस्थामा छन् । बरु २७ वर्षअघिको भन्दा पनि संघर्ष र कठोर जीवनयापन गर्न बाध्य भएका छन् । साँच्चै नै मुलुक बनाउनका लागि ज्यान गुमाएर गएकाहरु सालिक बनेका छन् । सर्वहारा वर्गको उत्थान गर्छु भनेर हिँडेकाहरु यो देशका मालिक भएका छन् । मट्याङ्ग्रो सम्झन्छ झापाको सुनखानी काण्ड । ‘कि त जोत हलो कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्ने भीमदत्त पन्त सम्झन्छ । अनि फेरि छोरीको तस्बिर हेर्छ र भन्छ, ‘छोरी सरकारले आज सार्वजनिक बिदा दियो रे ! भर्खरै कुखुरा कुबेला बासेपछि पो थाहा पाएँ ।’ आफैं दंग पर्दै मट्याङ्ग्रो भन्छ, ‘यो बिदाले के परिवर्तन हो ?’ तिमीजस्ता हजारौं छोराछोरीको बलिदान यसकै लागि हो र ? म जस्ता हजारौं ‘बा’हरुले साँच्चै नै श्रमिक, किसान, मजदुर अनि सीमान्तकृत वर्गको परिवर्तन भएको देख्न पाउनु पर्दथ्यो । तर, ती त सबै सपना रहेछन् । ‘तिम्रो बलिदानी केही व्यक्तिको परिवर्तनका लागि रहेछ । एउटा मालिकलाई धपाएर दर्जनौं नयाँ मालिक भित्र्याउन पो रहेछ ।’ बुझ्यौ छोरी ? विचरी निर्जिव तस्बिरमा टाँसिएकी छोरीको के आवाज आउँथ्यो र ? उनले त जुनबेला जनयुद्धमा होमिइन् त्यसको केही वर्षमा नै ज्यान गुमाइसकेकी थिइन् । छोरीले साँच्चिकै देश परिवर्तनका लागि प्राण आहूति गरेको भान गरिरहेको मट्याङ्ग्रो यतिबेर भने दिक्क मानिरहेको छ । आफ्नी छोरी र साइला भाइको छोराजस्ता हजारौंले प्राण फाले । हजारौं छोराछोरी अझै पनि अपांग भएर मागेर खानुपर्ने अवस्था छ । हजारौं जनयुद्धमा होमिएका युवाहरु खाडीमा रगत बगाउन बाध्य भएका छन् । तर, परिवर्तन त तिनकै लागि भयो जसले आमजनतालाई सपनामा राखिरहेका थिए । मालिक बन्ने सपना बोकेर मट्याङ्ग्राका सन्तानलाई सालिक बनाउनेहरुका लागि मात्र देखियो । २७ वर्षअघि मुलुक परिवर्तन गर्नका लागि सुरु भएको जनयुद्ध त ‘धनयुद्ध’का लागि पो रहेछ । माओवादीका लागि जनयुद्ध दिवस धनयुद्धमा परिणत भयो । सामाजिक परिवर्तन गर्छु भन्नेहरु सुकिला मुकिलाहरुलाई सराप्दै आफैं परिवर्तन भए । मट्याङ्ग्राहरु त दर्शक त हुन् । सत्तामा पुगेर कलाकारिता प्रदर्शन गर्नेहरुले जस्तो अभिनय गरे पनि जबर्जस्ती हेरिदिनुपर्ने ! हो अहिले जनयुद्ध दिवस पनि त्यस्तै भएको छ । जनयुद्ध लडेर व्यवस्था नै परिवर्तन गर्न सक्नेले त्यही व्यवस्था परिवर्तनका लागि संघर्ष गर्नेहरुको जीविकोपार्जनका लागि किन अवस्था परितर्वन गर्न सकेन । हिजो यही देशको मुहार फेर्छु । जनतामा भएको रोग, भोक र शोकको अन्त्य गर्छु भनेर १० वर्ष बन्दुकको नालमा ज्यान थापेर हिँड्नेले सत्ताको वरपर पुगेको १७ वर्षमा धनयुद्धको वर्ष गर्दै आफैं परिवर्तन भएको देखेर त मट्याङ्ग्रो झिसमिसेमै धनयुद्धमा नलाग्ने प्रण गर्दै जनयुद्धमा होमिएकी छोरीलाई स्मरण गरिरहेको छ । मट्याङ्ग्राहरुलाई धनयुद्धको लोभमा अब पनि भोक र प्यासमा अझै कति बस्नुपर्ने हो । धनयुद्धमा लागेका मालिकहरुलाई अझै महान मालिक बनाउन फेरि कति सपुतहरुले ज्यान गुमाउनुपर्ने हो ? तर, देखिएन परिवर्तनका संकेतहरु, हजारौंले सपुतले ज्यान फालेर गए पनि मुलुक बन्ने देखिएन । धनयुद्धले सबैको आँखा टालिसकेको छ । कान नसुन्ने बनाइसकेको छ । बोली नफुट्ने बनाइदिएको छ । त्यसैले त मट्याङ्ग्राले सधैँ स्मरण गरिहन्थ्यो, ‘सिंह’दरबार पस्ने र खरानी धस्नेबाट आशा नगर्नू’ । विचारमाथि विचार गर्नेहरु, विचार बदलिरहेका छन्, सत्ता र शक्तिका लागि छेपारोेले जस्तै रङ फेरिरहेका छन् । मट्याङ्ग्राको जय होस् ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १५:२७
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP