Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
विचार
  • Home
  • विचार
  • विसंगत बस्तीको सुगन्ध
विसंगत बस्तीको सुगन्ध
सोमबार, माघ १६, २०७९
Article_Prabha-Pokharel
Hardik health
भनिन्छ, साहित्य समाजको ऐना हो । समाज परिवर्तनको वाहक हो । जीवन र जगतको अनुभूतिको संगालो पनि हो । लामा छोटा अनेकौं विधाका रूपमा मानवीय अन्तरहृदयबाट साहित्यको प्रस्फुटन हुने गर्दछ । जब हरेक मानवको अनुभव, रुचि, दृष्टिकोण परिपक्व हुँदै जान्छ अनि निरन्तरको साधनापश्चात् साहित्य सिर्जनाको जन्म हुन्छ । यही बाटो हुँदै विसंगत बस्तीको जन्म भएको रहस्य कृतिको अध्ययनबाट बुझेकी हुँ । साहित्यका विविध विधामध्ये मुक्तक विधाको नामबाट बजारमा आएको यस कृतिका सर्जक साहित्यकार ऋषि बस्ताकोटी हुन् । पेसाले उनी वरिष्ठ वातावरण विज्ञको रुपमा कार्यरत भएता पनि रुचि र साधनाको क्षेत्र भने साहित्यका विविध विधाको अध्ययन र सिर्जना गर्नु रहेको छ । खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै उनले प्रवासी व्यस्त जीवनमा गास, बास र कपासको तर्जुमाबाट बचेको समयलाई सदुपयोग गरी मौलिक एवं चोटिला मुक्तक समेटिएको कृति पाठकहरूको लागि सम्प्रेषण गरेका छन् । केही समय अगाडि कृति मेरो हातमा परेपछि शीर्षकले नै बढी कौतुहलता जगाएर अध्योपान्त पढेँ । आयमका हिसाबले छरितो तर वजनदार रहेको यस कृतिभित्र मूलतः ए ए बि ए को संरचनामा टेकेर शब्दमा फराकिलो भाव समेट्दै शिल्प, शैली, भाव, विचार र अनुभूतिको चतुष्पदीय गहकिलो सन्देशात्मक संंगठन रहेको पाएँ । पछिल्लो समयमा नेपाली साहित्य आकाशका एक कर्मठ कवि, गजलकार तथा मुक्तककारको रुपमा जम्न सफल प्रवासी जीवन अमेरिका जस्तो घडीको सुईसँग हिँड्नुपर्ने देशको सरकारी कामकाजको गहन जिम्मेवारीमा रहेर पनि नेपाली भाषा र साहित्यको उन्नयनमा उनको लगाव र लगानी परिमाणात्मकभन्दा पनि गुणात्मक कसीमा हालेर जोख्दा निकै ओजपूर्ण भेटिन्छ । मेरो पाठकीय दृष्टिकोण इमान्दारितापूर्वक राख्नुपर्दा उनको कृति विसंगत बस्तीको अध्ययनको क्रममा भेटेको सुगन्ध जे जति रसास्वादन गर्ने गच्छेअनुसार क्षमता राखेँ त्यो मेरो काल्पनिक मन गढन्ते गन्थन नभई वास्तविक दुर्गन्धित बस्तीभित्र छिरेर लेखक स्वयंले बटुलेको सिर्जनात्मक सुगन्ध हो । कुनै पनि विधामा कलम चलाउने लेखकको आफ्नै वैशिष्ठ्य हुन्छ । सात्तिवक साधनारत जीवन व्यतीत गर्दै जीवन र जगतका आध्यात्मिक एवं भौतिक सात्तिवक साक्षात्कार गर्दै द्रष्टा हुँदै स्रस्टामा परिणत उनी समकालीन नेपाली साहित्यमा आफूले जीवनका वसन्त पार गर्ने क्रममा गरेका अनुभव र अनुभूतिको संगालो मुक्तक विधामा कलम चलाएर साहित्य समाजको ऐना हो भन्ने कुरा चित्रण गर्न सफल देखिन्छन् । उनले चेतनशील प्राणी मानवबस्तीमा बगेका दुर्गन्धित खोल्सामा खाली नुनिला आँशुमात्र होइन राजनीतिक ठिही र कुण्ठा, सामाजिक विभेदको डंगुर अनि अहमताको उडन्ते विचारले जकडिएको बस्ती देखेर दुःखी बन्दै सरल शब्दगुच्छाको माध्यमबाट सन्देशात्मक प्रस्तुति दिएका छन् । एक इमान्दार सपुतले जहाँ पनि बोल्नु पर्दा माटो नै बोल्छ । उनी नेपाल आमाका कर्मठ सन्तति हुनाले माटो र मुटुको सम्बन्ध यसरी अभिव्यक्त गर्छन्– माटोको पुजारी हो, ऊ धर्तीकै पुत्र हो जे गाउँछ उसले, त्यो धर्तीकै स्तोत्र हो माटोमै मितेरी लगाई पुस्तौंपुस्ता गुजा¥यो पुस्तान्तर हुँदै सिकेको त्यो जीवनसूत्र हो । जन्मेको माटोसँगको सम्बन्धका बारेमा हरेक सन्ततिले यसरी बुझिदिएको भए आज आमाको छाती कति फराकिलो हुन्थ्यो होला । तर, सत्मार्ग भुलेर हिँड्दाको दुर्गतिको सिकार हुँदा हेरौं त कस्तो छ ? देशको हालत । यो चिन्ता र चिन्तन मात्र होइन विसंगतिमाथिको लेखकको दृष्टिकोण यति ओजपूर्ण छ कि, जुन कुरा यसरी प्रकटित हुन्छः न संविधानको धाराले केही ग¥यो न त हजुरको पाराले केही ग¥यो भित्री कुरा त भोगेपछि थाहा भयो न हात्तीका देखिने दाह्राले केही ग¥यो । झुटको खेतीमा रमाउने राजनीतिक बस्तीमा लुसुक्क छिरेर टिपेको यो सुगन्धले पढ्दा निकै मन छोयो । यो आजको सामाजिक परिवेशको यथार्थ चित्रण हो । हरेक विषयलाई सूक्ष्मरूपमा नियालेर ऐनाजस्तो छर्लंग प्रतिविम्बित गर्न सक्ने उनी दुनियाँमा संघर्षशील सफल जीवनयापन गरेर समाजमा उदाहरणीय बनेका मान्छेका बारेमा यसो भन्छन् । हिलोमा फुलेको कमलको उपमा दिँदै– लहराहरूझैँ लम्केको मानिस हो ऊ चोटहरूबाट चम्केको मानिस हो ऊ दुःखहरूले पनि दुखाउँदैन उसलाई हिलोको कमलझैँ गम्केको मानिस हो ऊ । सफल मानिसको इतिहास हिलोमा फुल्ने कमलको भन्दा कमी हुँदैन भन्ने कुरो मनन् गर्दै सबैलाई दुनियाँले पुच्छर निमोठे पनि सुकर्मले संसार जित्न सकिन्छ, शिर उच्चो राख्न सकिन्छ भन्छन् । घुम्दै जाँदा दुखेका घर मरेका मनमा छुन पुगेपछि भन्छन्– कहिले गाउँ दुख्छ त यहाँ, कहिले सहर दुख्छ कुर्दाकुर्दै देउरालीमा सान्नानीको रहर दुख्छ जब जहाज चढेका सपना बन्द बाकसमा फर्कन्छन् तब के दुख्दैन यहाँ, सबको घरघर दुख्छ । देशको दुरावस्था अनि दर्बिला पाखुरीले सीमापारी भोगेको सास्तीको संकेत गर्दै राता बाकसमा फर्केका शून्य मनहरूको यथार्थ सामाजिक चित्रण मजाले गर्दै फेरि उनी घुम्दाघुम्दै आमाकै काखमा पुग्छन् । अदम्य साहस, अठोट र जाँगर हुन् मेरी आमा सन्तानका लागि नरित्तिने सागर हुन् मेरी आमा बचेराले वेग हानेपछि गुँड रूँगीबसेकी चरीझैँ नदीले छाड्दै गएको एकान्त बगर हुन् मेरी आमा । आमा को हुन् ? आमाको त्याग र बलिदान के हो ? वात्सल्य प्रेम कस्तो छ ? भन्ने कुरा बुझेर बुझाउन खप्पिस ऋषि बस्ताकोटी एक सशक्त गजलकार हुन् भन्ने कुरा अब्बल साहित्यकारहरूले पुष्टि गरिसकेका छन् । समग्रमा विसंगत बस्ती अध्ययनपश्चात् उनीप्रति मेरा पाठकीय दृष्टिकोण मात्र संक्षिप्तरुपमा राखेकी हुँ । न म कुनै विश्लेषक हुँ, न समालोचक । तर पनि कृतिको भावले मन छोएपछि नलेखी बस्न सकिँदो रहेनछ । जे भेटेँ, जे बुझेंँ, त्यही कुरा लेख्नु आफ्नो धर्म सम्झिन्छु । यसभित्र सरल सुवोध भाषाशैली छ । हरेक मुक्तक पढ्दा लाग्छ सरलताभित्र मौलिकता, सूक्ष्म विषयवस्तुको उठानसँगै विचारको प्रधानता, गहन भावको सघनता, प्रभावमूलक सन्देश, चखिलो, घुमाउरो कलात्मक प्रस्तुति हुँदै मुक्तक विधामा हुनुपर्ने शिल्प र शैलीको तादात्म्यता मैले बुझेसम्म भेटेकी छु । हरेक मुक्तकमा समेटिएका विषय विम्ब हाम्रा वरिपरिका देखे भोगेका अनुभूत गरेका मन छुने र आफ्नै जीवनसँग पनि मेल खाने विषय छन् । चेतनशील बस्तीभित्र नमिलेका आर्थिक, सामाजिक, राजनीतिक, चारित्रिक, वातावरणीय, जातीय विभेदलगायत देश भक्तिभावजस्ता बृहत् अनि सम्बन्ध सम्पर्क जस्ता सूक्ष्म कुराको उठान गर्दै उनले कलात्मक ढंगले प्रस्तुति दिएको पाइन्छ । कृति पठनीय छ सिर्जनामा रुचि राख्ने सर्जकका लागि यो कृति । एक गुरु थापेर अघि बढ्न यसर्थ सकिन्छ कि हरेक मुक्तकको शीर्षकीकरण गरी सम्बन्धित विषयमा भावनाको मसिनो चिन्तन गर्दै बान्किलो शब्द संयोजन रहेको छ । यसले गर्दा लेख्न चाहनेलाई सोचको सीमा निर्धारण गर्न सजिलो हुन्छ । मलाई पनि यही कृतिले डो¥याइरहेको हुँदा यसो भनेकी हुँ । यो लेखनी यात्राले सफलताको शिखर थप चुम्दै अगाडि बढोस् अन्य कृतिहरू जन्मदै जाऊन् भन्ने शुभेक्षा व्यक्त गर्दै कलमलाई विश्राम दिन्छु । जदौ ।। - नर्थ क्यारोलिना, अमेरिका  
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप विचार
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने मंगलबार, चैत ३, २०८२
‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान
‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान मंगलबार, फागुन ५, २०८२
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक आइतबार, माघ १८, २०८२
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत आइतबार, माघ १८, २०८२
मन्डलामा कविता कन्सर्ट हुँदै
मन्डलामा कविता कन्सर्ट हुँदै मंगलबार, पुस २२, २०८२
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि आइतबार, पुस २०, २०८२
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट सोमबार, पुस १४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP