Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • युवा सहरमा, गाउँका जमीनमा वनमारा
युवा सहरमा, गाउँका जमीनमा वनमारा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १२, २०७६
Hardik health
काठमाडौं– बिपी कोइरालाले युवाजमातलाई गाउँमा रमाउन सक्ने वातावरण निर्माण नगर्दासम्म ग्रामीण अर्थतन्त्र बलियो नहुने धारणा सार्वजनिक गरेका थिए । स्व. कोइरालाले २०३० को दशकको मध्यतिर बिबिसी वल्र्ड सेवाका पत्रकारद्वय मणि राणा र ध्रुवहरि अधिकारीलाई बेलायतमा अन्तर्वार्ता दिँदै गाउँका युवाजमात शहरमा केन्द्रीकृत भएसम्म गाउँका प्रायः खेतीयोग्य जमीन बाँझो हुने बताएका थिए । कोइरालाको सो अन्तर्वार्ता भएको झण्डै पाँच दशक पुग्नै लाग्दा नेपाल सरकारले २०७६ मा प्रकाशित गरेको कृषि डायरीमा १० लाख ३० हजार हेक्टर जमीन बाँझो भएको उल्लेख छ । नेपालमा कूल खेतीयोग्य जमीनको हिस्सा ३० लाख ९१ हजार हेक्टर छ । एक हेक्टर जमीन बराबर २० रोपनी जमीन हुन्छ । खेतीयोग्य जमीनको बचाउका लागि भन्दै विभिन्न सरकारले विभिन्न ऐन र नियम ल्याएका छन् तर लागू भने हुन सकेको छैन । पूर्वकृषिमन्त्री चक्रपाणि खनालले भने, ‘खेतीयोग्य जमीन टुक्रा टुक्रामा कित्ताकाट भएका छन् । कसैले कृषि फार्म सञ्चालन गर्ने इच्छा शक्ति देखाउँदा जमीनको एकीकरण गर्न मुस्किल देखिन्छ ।’ बिपीले–गाउँका युवालाई शहर छिर्नबाट जोगाउन गाउँलेको चहाना पूरा गर्नुपर्ने धारणा अन्तार्वार्तामा राखेका थिए । तर, ठीक त्यसको उल्टो गाउँमा युवाहरू टिक्न सकेनन् । अहिले विश्वका झण्डै ८४ भन्दा बढी देशमा झण्डै ४० लाखभन्दा बढी बलिया पाखुरीहरू बज्रिरहेका छन् । गाउँलेको चाहना कृषि सडक थियो । गाउँमा उत्पादन भएका कृषि उत्पादनहरू सजिलैसँग बजारमा लैजान सकियोस् र नगद प्राप्त होस् तर त्यसो हुन सकेन । गाउँमा बसोबास गर्ने अधिकांश मानिसका घरमा एक गाई गोठ हुन्थे । प्रशस्त दूध उत्पादन हुन्थ्यो । फलपूmल, तरकारी, फुल, माहुरीका घार, केही खसी–बोका बिक्री गरेर सम्पूर्ण घरायसी जीवन चलाउने प्रयत्न गर्थे तर भनेजति स्थानमा कृषि सडक पुग्न सकेन । युवा विदेश जान बाध्य भए । गाउँका जमीन बनमाराले ढाकेको छ । कालान्तरसम्म दिगो कृषि विकासका लागि राज्यले उपयुक्त स्थानसम्म कृषि सडक, उचित बजार, सिँचाइको उचित प्रबन्ध तथा कृषि ऋण सहज रूपमा प्रवाह गर्न सकिरहेको छैन । फलस्वरूप उर्वर खेतीयोग्य जमीन घडेरीका नाममा टुक्रा टुक्रा पारिएको छ । भू–माफियाले प्लटिङ गरी मनग्य आम्दानी गर्दा सरकारले नियन्त्रण गर्न सकिरहेको छैन । प्लटिङका नाममा सार्वजनिक जमीन कब्जा हुँदै गएको छ । पशुपालनका निम्ति नभई नहुने चरण क्षेत्र कब्जा हुँदै जाँदा पशुपालन व्यवसायसमेत धराशयी बन्दै गएको छ । भूमिसुधार ऐन, २०२१ लागू भएदेखि २०७६ सम्म आइपुग्दा नेपालमा ३५ जना कृषिमन्त्री भइसकेका छन् तर यस अवधिमा कृषि क्षेत्रको उत्पादन दर अर्थात् कूल गार्हस्थ्य उत्पादन घट्दै गएको छ । कृषि गणना २०६८ ले नेपालको कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ प्रतिशत रहेको उल्लेख छ । यस अवधिसम्म आइपुग्दा कृषि क्षेत्रको कूल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशतमा सीमित हुनपुगेको छ । नेपालको विकास ग्रामीण कृषि अर्थतन्त्रबाट सम्भव छ । सरकारले जमीनको चक्लाबन्दीमा खासै अग्रसरता देखाएको पाइँदैन । नेपाल सरकारले आव २०७४÷७५ को बजेटमार्फत आगामी पाँच वर्षमा नेपाललाई खाद्यान्नमा पूर्ण आत्मानिर्भर हुने योजना अघि सारेको थियो तर यस अवधिमा उत्पादनभन्दा आयात दुई गुणाले बढेको कृषि मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले बताए । आव २०७८÷७९ सम्ममा सरकारले नेपाललाई खाद्यान्नमा पूर्ण आत्मानिर्भर बनाउने योजना अघि सारेको थियो तर यस अवधिमा प्रमुख खाद्यान्न बाली धानको उत्पादन चार लाख ६० हजार मेट्रिक टनले बढेको भए पनि चामलको आयात भने सात लाख ६७ हजार मेट्रिक टनले बढेको तथ्यांकमा उल्लेख छ । भूमिसम्बन्धी नियम, २०२१ ले जमीन एकापसमा सट्टापट्टा गरेर, सहकारी वा समुदाय प्रणालीद्वारा संयुक्त रूपमा खेती गराएर, भाडामा लिएर, नेपाल सरकार वा स्थानीय निकायले जग्गा लिई वितरण गरेर, एकै व्यक्तिलाई खेती गर्ने व्यवस्था मिलाइदिएर र टुक्रा टुक्रामा विभाजन भएको जमीनलाई एकीकरणमार्फत जमीनको चक्लाबन्दी गर्न सक्ने व्यवस्था गरेको छ । ‘भूमिसम्बन्धी ऐन २०२१’ तथा नियममा उल्लेख भएको विषय अहिलेसम्म कार्यान्वयनमा आएको पाइँदैन । ‘भूमिसम्बन्धी नियम, २०२१’ ले तराई तथा भित्री मधेशको कृषि क्षेत्रमा ३५०, तराई तथा भित्री मधेशको शहरी, आवास तथा व्यावसायिक क्षेत्रमा ८५, उपत्यकाभित्रका कृषि क्षेत्रमा २५०, उपत्यकाभित्र शहरी क्षेत्रमा ८०, अन्य पहाडी प्रदेशको कृषि क्षेत्रमा १२५, पहाडी प्रदेशको शहरी क्षेत्रमा ८० वर्ग्मिटर जग्गाको न्यूनतम एकाइ निर्धारण गरेको छ । रासस
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  ०७:५३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP