Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  • एउटै वडाबाट पुग्न हेलिकप्टर चड्नुपर्ने लप्ची गाउँ
एउटै वडाबाट पुग्न हेलिकप्टर चड्नुपर्ने लप्ची गाउँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २२, २०७९
Notes_230106_074555 (2)
Hardik health
दोलखा  -  दोलखा  जिल्लाको बिगु गाउँपालिका वडा नम्बर एक अन्तर्गत पर्दछ लप्ची गाउँ  । अप्पर तामाकोशी जलविद्युत आयोजना स्थलबाट करिब दुई दिनको कठिन पैदलयात्रा गरेपछि प्रसिद्ध पर्यटकीय गन्तव्य लप्ची गाउँ  पुग्न सकिन्छ  । यो वस्ती परापुर्वकालदेखी तिब्बत बाटनै खाद्यन्न निर्यात गरेर जिवनयापन गर्दै आएका छन् ।  यस वस्तिका बासिन्दालाई जिल्लाले फरक सोच्ने  गरेका  छन् । नेपालले अर्कै देश जस्तो महसुस गर्ने जिल्लाकै सुदुरउत्तर धार्मिक तथा पर्यटकीय हिसाबले लामाबगर–लप्ची प्रसिद्ध पर्यटकीय गन्तव्य हो । गाउँ, ठाउँ र धार्मिक हिसाबले प्रसिद्ध लप्ची गुम्बा पनि दोलखाको अर्को धार्मिक सम्पदा रहेकाे छ । यहाँबाट हरेक वर्ष सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक हिँड्ने गरेका छन् । मोटर बाटो त परकै कुरा रहयो तर, यहाँको पदमार्ग भने जोखिममुक्त हुन सकेको छैन । वर्षातको समयमा भयानक बाढी पहिरोले अवरोध हुने हुँदा हिउँदको समयमा स्थानीयहरु यही बाटो भएर दैनिक यात्रा गर्छन् । बाटोकै कारण पदयात्रीले ज्यानसमेत गुमाउनु परेको विगतका तिता घटनाहरु प्रशस्तै छन्  । यस भेगमा प्रशस्त जडिबुटी, अनौठा किसिमको बोटबिरुवा हिमालको चिसो हावा र हिमालको फेदको सङ्लो पानीले  जैविक विविधताकाे वातावरणलाई कायम राखेको छ। साथसाथै  आलु खेती र याक चौरी जस्ता पशु चौपाय पालन लप्चीको विशेषता हो। विशेषगरि यस ठाउँमा  शेर्पा जातिको बसोबास बढि रहेको छ । छुट्टै किसिमको रहनसहन र रितिरिवाजले नेपालको धार्मिक सहिष्णुतालाई  विशेषता प्रदान गरेको छ । हिउँद महिनामा अत्याधिक हिउँ पर्ने र चिसो हुनाले तल्लो भेगमा बस्ती (लुम्नाङ)मा बसाई सर्ने गर्दछन्   । लुम्नाङमा केही दशक पहिला अध्यापनको लागि प्राथमिक  विद्यालय रहेकाे थियाे तर अहिले त्याे विद्यालय नरहेकोले त्यस भेगका बालबालिकाहरु कतिपय देश बाहिर अध्यन गरिरहेका छन् भने कतिपयले काठमाडौंमा शिक्षा हाँसिल गरिरहेका छन् । यस ठाउँमा भौगोलिक विकटताको कारण नेपालमा भन्दा तिब्बतको कुटिमा ब्यापरिक कारोबार गर्न सहज हुने  यहाँका स्थानिय बताउँछन् ।  दैनिक उपभोग्य सामान तिब्बतबाट नै निर्यात गर्ने गर्छन् । यस ठाउँमा उत्पादन भएका आलु ,उवा ,पशुजन्य उत्पादन घ्यू ,छुर्पी लागाएत  थाेकहरु चीनको भु-भाग तिब्बतमा नै बिक्री वितरण  गर्ने गर्दछन् । बेलाबखतमा तिब्बतले नाका बन्द गराउँदा यस वस्तिका नागरिकलाई खाद्य सङ्कट आइपर्ने समस्याहरु हुन् । जसका लागि स्थानीयहरु मिलेर काठमाडौंदेखि हेलिकप्टरमार्फत खाद्यान्न ओसारेर जिविका निर्वाह गर्दछन् । कुनै बेला जंगली जनावर ब्वासोले घरपालुवा जनावर चौरी ,घोडालाई क्षति पुर्‍याएको स्थानीयको प्रशस्त गुनासोहरु पनि सुन्ने गरिएकाे छ । पछिल्लो समय एमबी दगुड ग्रुपले लप्ची क्षेत्रमा निर्माण गर्न लागेको हाइड्रोपावर (१६५) ले पदयात्रा मर्मत गर्ने गरेका छन् । उक्त कम्पनीले पदमार्गको सरसफाई, अफ्ठेरो ठाउँमा नयाँ काठहरु राखिएको छ ।  बाटो निर्माणसँगै आवतजावत गर्न सहज भएको छ । अहिलेका स्थानीय तह र सरकारले  बाटो निर्माणमा ध्यान दिन सके यहाँकाे स्थानीय र पर्यटन व्यवसायमा विकास भइ देशकाे अर्थतन्त्रमा सघाऊ पुग्ने थियाे ।
प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली
चिया प्रशोधन उद्योग क्षेत्रमा ‘भूमिका’
चिया प्रशोधन उद्योग क्षेत्रमा ‘भूमिका’ बिहीबार, असार २५, २०८३
वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर
वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर आइतबार, असार २१, २०८३
पिरोमा नवीनकुमार श्रेष्ठले भेटेकाे ‘गुलियो’ खुसी
पिरोमा नवीनकुमार श्रेष्ठले भेटेकाे ‘गुलियो’ खुसी बिहीबार, असार १८, २०८३
जलजलाको लुप्राङमा अंगुरखेती
जलजलाको लुप्राङमा अंगुरखेती मंगलबार, असार २, २०८३
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद शनिबार, जेठ २३, २०८३
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन आइतबार, वैशाख २०, २०८३
उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती
उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती शनिबार, वैशाख १९, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP