Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  • कुरौनीबाट आत्मनिर्भर
कुरौनीबाट आत्मनिर्भर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २७, २०८२
Hardik health

नारायणगढ- नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापारिक महोत्सवमा यतिबेला नवलपुरको कावासोतीका रेश्मराज पोखरेललाई तात्तातो कुरौनी बेच्न भ्याइनभ्याइ छ । उनले मात्र होइन, उनकी श्रीमती र केही कामदार पनि उत्तिकै व्यस्त छन् । पोखरेलले महोत्सवको एक स्टलमार्फत कुरौनी, खिर, आइसक्रिम, मोही, पनिर र च्याउको पकौडाको स्वाद महोत्सव अवलोकन गर्न आएका हजारौँ दर्शक तथा ग्राहकलाई चखाइसकेको छ ।
 
नवलपुरको कावासोती निवासी पोखरेलले मेला–महोत्सवमा कुरौनीलगायतका परिकार बिक्री गर्न थालेको १८ वर्ष भएको बताए । उनका अनुसार सुरुमा आइसक्रिम मात्र बिक्री गर्ने उद्देश्यले व्यवसाय सुरु गरिएको थियो । तर, जाडोयाममा आइसक्रिमको माग घट्ने र कुरौनीको माग बढ्ने देखिएपछि उनले कुरौनीलाई नै मुख्य व्यवसायका रूपमा अघि बढाएका हुन्  । 

उनले भने, “मेला र महोत्सवमा कुरौनीको बिक्री बढी हुन्छ, घरको पसलमा त्यति हुँदैन ।” सुरुवाती समयमा उनले हातले घोटेर कुरौनी बनाउथे भने हाल मेसिन प्रयोग गर्न थालेका छन्  । उनले भने “मेसिन आएपछि धेरै सजिलो भएको छ, आफैं घुम्ने मेसिनले दूध घोट्छ, तर त्यसको प्रयोगमा सीप र सावधानी आवश्यक हुन्छ ।” कुरौनीमा चिनी अत्यन्तै थोरै मात्र प्रयोग गरिने उहाँको भनाइ छ । उहाँका अनुसार दूध मात्र हुँदा स्वाद अलि नुनिलो हुने भएकाले थोरै चिनी हालिन्छ । “हामीले बिस्कुट, पाउरोटी वा अन्य कुनै वस्तु मिसाउने गरेका छैनौं”, उनले स्पष्ट पारे  ।
 
पोखरेलका अनुसार कुरौनीका मुख्य ग्राहक उमेर पुगेका व्यक्ति हुन् । “केटाकेटीहरूले खासै चिन्दैनन्”, उनले भने । दूधको आपूर्ति उनले भरतपुरस्थित अन्नपूर्ण डेरीसँग सम्झौतामा गरेर गर्दै आएका छन्  । उनले भने, “एकै स्थानबाट दूध ल्याउँदा गुणस्तरमा एकरूपता रहन्छ, हाल म महोत्सवका लागि मात्र दैनिक करिब १०० लिटर दूध ल्याउँछु, आवश्यकताअनुसार थप पनि गर्छु ।”
 
पोखरेलका अनुसार कुरौनी पुरानो परिकार हो, जुन परम्परागत रूपमा विवाहपछिको कोसेली वा पहिलो दसैंमा टीका थाप्न लैजाने मिष्ठान्नका रूपमा प्रचलित रहँदै आएको छ । उहाँले विवाह, चाडपर्व तथा कोसेलीका लागि अहिले पनि कुरौनीको अर्डर आउने बताए । उनले स्मरण गरे “जाडो यामको महोत्सवमा आइसक्रिम बिक्री गर्दा चितवन टाँडीका एक व्यापारी (गौतम दाई)ले कुरौनी बेचिरहेको देखेँ, त्यसपछि मैले पनि सिकेर सुरु गरेँ, जाडोमा आइसक्रिमभन्दा कुरौनीको माग धेरै थियो ।”
 
हाल उनले दैनिक करिब ५० किलो कुरौनी बिक्री गर्दै आएका छन् । एक किलो कुरौनीको खुद्रा मूल्य रु एक हजार रहेको उनले बताए । उनका अनुसार आठ लिटर दूधबाट एकदेखि डेढ किलोसम्म कुरौनी तयार हुने र भैंसीको बाक्लो दूध प्रयोग गर्दा दुई किलोसम्म पनि बस्ने बताए । 

पोखरेलले भने, “हालका पुस्ताले कुरौनी नचिनेका हुन्, कतिपयलाई त दूध कहाँबाट आउँछ भन्ने पनि थाहा छैन । कुरौनी पौष्टिक र शुद्ध परिकार भएकाले यसको प्रवद्र्धन गर्न आवश्यक छ ।” उनका अनुसार यो परिकारलाई आधुनिक प्याकेजिङ र ब्रान्डिङ गरेर बजारमा ल्याउन सके युवापुस्तामाझ पनि लोकप्रिय बनाउन सकिनेछ ।
 
कुरौनी बिक्रीमै आत्मनिर्भर बनेका पोखरेलले यही व्यवसायबाट परिवारको जीविका सञ्चालन गर्दै केही सम्पत्तिसमेत जोडेका छन्  । उनका अनुसार यस पेशाबाट वार्षिक करिब रु आठदेखि दश लाखसम्म बचत गर्न सकिन्छ । उनले भने, “यो धेरै आम्दानी हुने पेशा होइन, तर मन लगाएर परिश्रम गरे सजिलो हुन्छ, जाँगर र सीप चाहिन्छ ।”
 
उनका अनुसार नेपालमै केही गर्न चाहने युवाले पनि उपयुक्त स्थान छनोट गरी प्रविधिक सीपको प्रयोगबाट यो पेशा अगाल्न सक्छन् । उनले भने, “मेला–महोत्सव र बजार क्षेत्र यो व्यवसायका लागि उपयुक्त स्थान हुन्, तर ग्राहकलाई सन्तुष्ट पार्ने खालको स्वाद दिन सक्नुपर्छ ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १३:१८
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन आइतबार, वैशाख २०, २०८३
उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती
उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती शनिबार, वैशाख १९, २०८३
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर बिहीबार, वैशाख १०, २०८३
संविधानसभा सदस्य गमबहादुर श्रीस कृषि उद्यममा
संविधानसभा सदस्य गमबहादुर श्रीस कृषि उद्यममा मंगलबार, चैत २४, २०८२
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन सोमबार, चैत २, २०८२
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’ शुक्रबार, फागुन २९, २०८२
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP