Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • मानवता र प्राकृतिक सहअस्तित्वमाथिको प्रश्न
मानवता र प्राकृतिक सहअस्तित्वमाथिको प्रश्न
सोमबार, मंसिर १२, २०७९
Saroj Neupane
Hardik health
रुख ठूलो कि मान्छे ? बाँदर ठूलो कि मान्छे ? चितुवा ठूलो कि मान्छे ? यी प्रश्न प्रायः वादविवादहरुमा आउने गर्दछन् । मानव आफैं पनि जनावर हो । तर, अन्य जनावरभन्दा मानव पृथक र सचेत छ मानव । जमात ठूलो छ । मानवले अन्य जनावरलाई नियन्त्रणमा राख्ने क्षमता राख्दछ । विभिन्न आविष्कार गर्न सक्छ । विज्ञानको भरपुर उपयोग गरेको छ । अन्य जनावरहरुलाई आफ्नो फाइदाका लागि उपयोग गर्ने गर्दछ । अन्य जनावर र रुख बिरुवा अवोध छन् । हाम्रो भाषा बोल्न सक्दैनन्, यिनले मानव भाषा बुझेको या नबुझेको मानिसले छुट्याउन सक्दैन । जनावरको भाषा हामी बुझ्न सक्दैनौं । हामी मानिसले मात्र आफूले बुझिने भाषामा हाम्रो जीवन महत्वपुर्ण र सर्वश्रेष्ठ भनेका छौं । हामीले बाघको समाजमा त्यसको महत्वपुर्ण र उपयोगिता कति छ ? समग्रमा एक जना मानिस र एउटा बाघको के कति योगदान छ, वैज्ञानिक तवरले बीचमा बसेर मूल्यांकन नै गरेका छैनौं । मूल्यांकन गरेको भए पनि मानवलाई नै केन्द्रमा राखेका छौं । त्यसैले ती अवोध जनावरको जीवन हामीलाई मूल्यहीन लागेको हो । मेरोे हकमा म एक जना व्यक्तिकोे जीवनभन्दा बाघ, बाँदर, चितुवाको जीवन महत्वपुर्ण छ । हामीले दैनिक उनीहरुको बासस्थान नास्दै आएका छौं । म आफ्नो एक छाक रमाइलो भोजनका लागि जनावरको एक महिनाको भोजन खाइदिन्छु÷नष्ट गरिदिन्छु । मेरो जनसंख्या ठूलो छ, त्यसको संख्या सीमित छ । म यत्रतत्र जान सक्छु । तर, उसलाई यत्रतत्र जान छुट छैन । म सर्वभोगी छु । ऊ निश्चित आहार र विहारको अनुशासन कडारुपले पालना गर्छ । हामी रमाइलोका लागि आफन्त भेट्न १०० किलोमिटरको टाढा यात्रा गर्छौं तर त्यो जनावर आफ्नो बच्चालाई दूध चुसाउन जाँदा, आफ्नो श्रीमती श्रीमान् खोज्न जाँदा, आहारा खोज्न जाँदा हामी पासोमा पारिरहेका छौं । हामी आफू कराउन, हिँडडुल गर्न अघाउञ्जेल खान आफ्नो बासस्थानमा बस्नलाई आफ्नो मौलिक हक भनेका छौं । तर, त्यही जनावरलाई त्यस्तै मौलिक हक उपयोग गर्न दैनिक व्यावधान खडा गरिरहेका छौं । अनि ठूलो स्वरले कराउँछौं ‘बाघ मेरो बस्तीमा छि¥यो’ । आजसम्म हाम्रो स्वतन्त्रतालाई कहीँ कतै योजनाबद्ध किसिमले जनावरले बाधा पारेको छैन । छ त केवल हामीले नै हाम्रो स्वतन्त्रतालाई बन्धनमा बाँधेका छौं । त्यो भन्दा बढी दिनदिनै हामीले विकासको नाममा, आफ्नो स्वतन्त्रताको नाममा, भोजनको नाममा वा दैनिकीको नाममा ती जनावरको स्वतन्त्रता हामीले हनन् गरिरहेका छौं । प्रकृतिको समान सन्तान भएता पनि हामी आफूलाई सर्वश्रेष्ठ ठानेका छौं । हामी आफू र अन्य जनावरको उद्धारक सम्झन्छौं । वास्ताविकतामा हाम्रो दैनिकीको उद्धारक हामीबाहेकका प्रकृतिका अन्य सन्ततिहरु हुन् । तिनको बलियो उपस्थितिले नै हाम्रो उपस्थिति सार्थक बनेको हो । यो वास्ताविकता पुस्तक पढेर, सुनेर मात्र बोध हुँदैन त्यसको लागि ज्ञान चाहिन्छ । मन चाहिन्छ– त्यो अवोध जनावरको चित्कार सुन्ने, बुझ्ने अनि त्यहीअनुसार व्यवहार गर्ने । शुद्ध पवित्र र परोपकारमय जीवन त जनावरले मात्र बिताएका हुन्छन् । हामी विनाकर्मको, विनाउपलब्धिको लडाइँमा दैनिकी बिताइरहेका छौं । अनि दोष जनावरलाई दिइरहेका छौं । आजसम्म हाम्रो घरको अगाडि बाघको हुल आएर जुलुुस लगाएको छ ? आजसम्म हामी खेतीको बीचमा बाँदरले घर बनाएर बसेको छ ? आजसम्म हाम्रा वयस्क मानिसलाई छानीछानी नीलगाईले लात हानेको छ ? आजसम्म बँदेलको हुलले बस्तीको बीचमा महिनौं घर जमाएर बसेको छ ? हो, हाम्रो परिवेशमा यिनको उपस्थिति भएको छ, मृत्युलाई हामीलेभन्दा नजिकबाट यी जनावरले भोगेका छनन् । छैन भने हामीलाई किन सिकारका लागि वयस्क बाघ नै चाहियो ? किन जनावरको बासस्थान बिगार्न लाइन लागेर जान्छौं ? किन पिकनिकमा ठूलो स्वरमा स्पिकर बजाउँदै सुत्केरी नजिक गइ नाममात्रकोे उत्सव मनाउँछौं ? यदि हामीले आफ्नो बानीलाई सुधारेनौं, सुधार गर्न लगाएनौं भने एक दिन सहअस्तित्व हराएर जान्छ । प्रकृतिको आफ्नो चक्रलाई हाम्र्रो दुस्साहासले लर्कारीरहेका छौं, बिगारीसकेका छौं । हामी विनासको चरणमा छौं । ‘भयानक गम्भीर चरणमा’ सहअस्तित्व स्वीकार्नु मानव जीवन पवित्रताको सौन्दर्य हो । प्रकृति अनुपम, अगाध र सिलसिलाबद्ध छ, उत्सवपूर्ण छ । यसमा अनुभवजन्य र स्पर्श गर्न सकिने आनन्दको लहर र हास्य रस छ । यो बोध गर्न सम्यक ज्ञान आवश्यक पर्छ । प्रकृतिको साहाराविना मानिसको उत्कर्स बेकार छ । प्रकृतिका ऋचाहरु यत्रतत्र छन् । त्यसको आयामलाई बोध गर्न नसक्नु मानव जातिको बैगुन हो । प्रकृति स्वतन्त्र छ । तर, मानिस परजीवि छ । प्रकृतिले हामीलाई कति सम्हालेको छ । हरेक अप्ठ्यारोमा प्रकृतिले साथ दिएको छ । मानव त्यही अप्ठ्यारोमा प्रकृतिको त्यो साथलाई दुरुपयोग गरिरहेको छ । मानिस प्रकृति विनासमा उद्धेलित छ तर प्रकृति शान्तसंग त्यो दमन सहेर बसेको छ । त्यो दिन हामीसँग आशबाहेक केही हुने छैन ।
प्रकृतिकोे माया प्रत्येक पललाई बोध गर्न नसक्नु नै ती जनावरको अनादार हो । साँच्चि नै प्रकृति अथाह महाविद्यालय हो । एकचोटि हृदयको प्रकृतिसँग मिल्न सिक, जीवन उत्कर्ष हुन्छ । रुखसँग बढ्न सिक, पानीसँग बहन सिक, चरासँग उड्न सिक, जनावरसँग लुक्न सिक, झारसँग जमिनको महŒव बुझ्न सिक, हावासँग शुद्धता सिक, घामसँग उत्साह सिक । किन अवोध ती जीवभन्दा आफूलाई अहम् ठान्छौं ?
खोलाको पानीले खिएको ढुंगा आफ्नो अस्तित्व कायम नै राख्छ बालुवा बनेर । सयौं जितलाई जित भन्न सकिन्छ तर प्रकृतिसँग जुध्न सकिँदैन । हुन छ मानव जातिको सर्वनास मानव आफैंबाट भएको देखिन्छ । आफ्नो दूध चुसाउँदैको बच्चा लुटेको बेहोरेका छन् । आफूसँग रसलीला गर्दै गरेको अर्धांगिनीको सिकार बेहोरेका छन् । आफूलाई भेट्न आएका आफ्नै पे्रमी सडकमा भनेर स्वीकार गरेका छन्, आफ्नो आहारा पटक–पटक लुटेको खाली पेटले स्वीकार गरेका छन्, अनि आफ्नो पुख्र्यौली वासस्थान मान्छेले हडपेकाले निःशब्द भई विस्थापित भएका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १४:०३
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP