चितवन – इच्छाकामना गाउँपालिका–६ चारकीलोमा शुक्रबार बिहान पहिरो गएकोले स्थानियलाई मर्का परेको छ । अघिल्लो दिनदेखिकै वर्षात्का कारण नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो गएपछि सडकको सञ्चालन एकतर्फी मात्र भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउन जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी टोली परिचालन गरिएतापनि वर्षात्ले काम शुरु गर्न बाधा पुर्याएको प्रहरी नायब उपरीक्षक कोइरालाले बताउनुभयो ।