नवलपरासी पश्चिम- नवलपरासीमा नारायणी नदी किनार स्थित नर्सही घोलामा डुगां डुब्दा तीन जनाको मृत्यु भएको छ । सुस्ता गाउंपालिका वडा नं ४ गोकुलनगरको नसर्ही खोलाको घोला पारि पटनहिया स्थित डुंगा डुब्दा सो दुर्घटना भएको हो ।
सुस्ता गाउंपालिका वडा नं ४ मा पिकनिक खान गएका युवाहरु चढेको डुगां दुर्घटना हुदा सुस्ता गाउंपालिका ४ का २२ वर्षिय गुडडु हरिजन ,सोही स्थानका १८ बर्षिय निरज हरिजन र रन्जित गुप्ता गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी श्रवण पोखरेलले जानकारी दिए । डुंङ्गामा सवार ३ जना घाईते भएकाे जानकारी प्रप्त भएकाे प्रभावसंवाददाताले जनाएका छन् ।
उनीहरुको उपचार सहिद स्मृति सामुदायिक अस्पताल चौपतामा भइरहेको जिल्ला प्रहरीका सुचना अधिकारी भोजराज पाण्डेले बताए ।घाईते हुनेमा २२ वर्षिय किशोर हरिजन , सोहीत सहानी घाईते छन् । पिकनिक जान गएका युवाहरु चढेको डुंगा एक्कासि डुबेको हो ।
नारायणी नदीको घोलामा डुंगा डुबेको प्रहरीले जनाएको छ । दुई जना भने सुरक्षित घर फर्किसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९ ०८:१८