काठमाडाैं - अर्पण शर्माले स्मरण शक्तिका विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । ‘मेमोरी किङ’ को नामले परिचित शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर रचेको उक्त विश्व कीर्तिमान कायम गरेका हुन् ।
विश्व कीर्तिमानको प्रमाणपत्र लन्डनको ‘वल्र्ड बुक अफ रेकर्ड’ को कार्यालयबाट नेपाल आएलगत्तै उक्त रेकर्ड सार्वजनिक भएको हो ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आइतबार शर्मालाई बधाई दिँदै नयाँ विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
उनले भने, “ध्यान, साधना र मेमोरी टेक्निकलले यो सम्भव भएको हो ।” उनले यसअघि सन् २०१५ मा १ मिनेटमा ४२ वस्तुको क्रम स्मरण गरेर विश्व कृतिमान कायम गरेका थिए ।
भेटमा पूर्वप्रधानमन्त्री ओलीले यो कसरी सम्भव छ भन्नेबारेमा प्रश्नमा उनले भने, “मैले ध्यान र साधनाबाट गर्न सकिने मैले बताए, उहाँले अर्को सफलताका लागि शुभकामना दिनुभयो ।”
उनले विश्व रेकर्डको प्रमाणपत्र सम्पूर्ण नेपालीको सफलता भएको आफूलाई महसुस भएको र आगामी दिनमा अझै वल्र्ड रेकर्ड राखेर नेपालको नाम विश्वसामु फैलाउने प्रयोगमा लाग्ने बताए ।
File Photo
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९ ११:२६