कपिलवस्तु - कपिलवस्तुमा राति ९ बजे सम्म मात्र देउसी-भैलो खेल्न पाउने पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शनिबार एक विज्ञप्ती जारी गर्दै यस पटक तिहारमा राती ९ बजेसम्म मात्र देउसी–भैलोे खेल्न पाइने भएको हाे ।
तिहारमा राती ९ बजेसम्म मात्रै देउसी तथा भैलो जस्ता विभिन्न सांस्कृतिक कार्यक्रमहरू खेल्न अनुरोध गरेको हो ।
शान्ति सुरक्षालाई लक्षित गरी रातको ९ बजेसम्म मात्रै त्यस्ता कार्यक्रमहरू खेल्न प्रशासनले अनुरोध गरेको विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै, बिस्फोटकजन्य पटकाहरु, आतसबाजी जस्ता प्रज्वलनशील पदार्थहरु नपड्काउन, ओसार पसार तथा बिक्री वितरण समेत नगर्न नगराउन, जुवा तास लगायतका जुवाजन्य खेल नखेल्न नखेलाउनु हुन सम्पूर्ण व्यापारी, उद्योगी लगायत सर्वसाधारण जिल्ला प्रशासनले अनुरोध गरेको छ ।
प्रशासनको सूचना अवज्ञा गरी कानून विपरीतका कार्यहरु गरे गराएको पाईएमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९ १६:५९