काठमाडौं- उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई आयोगले पुरस्कृत गर्नेलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको हाे ।
निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि एक मिनेटसम्मको बनाएर यही कात्तिक १५ गतेभित्र पठाइसक्नुपर्ने छ ।
आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही रु ५० हजारका दरले पुरस्कृत गर्ने जनाएको छ ।
उनीहरुलाई प्रशंसापत्रसमेत प्रदान गरिने आयोगले बताइएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९ ०८:५८