दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु /र दुई घाइते भएका छन् ।
सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र ०२००१ त १४६७ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो ।
ट्र्याक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो ।
ट्र्याक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
चालक र एक यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९ ०९:०१