सर्लाही - सर्लाहीको बाग्मतीमा हिजाे बुधबार भएको गोली काण्डका चार जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई बलरा नगरपालिका–३ को लक्ष्मीपुर नाका हुँदै भारततर्फ जाँदै गर्दा पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको हाे ।
चार जनाको समूहमा हिँडेका मध्ये एक जना भाग्न खोजेपछि प्रहरीले गोली हानेर पक्राउ गरेको हो । प्रहरीले चलाएको गोली लागेर धनकौल– १ सेखौनाका धिरेन्द्र सहनी घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ ।
पक्राउ पर्नेमा उनीसहित भारत बिहारको मोतिहारिका २२ वर्षीय गुल्शन सिंह, बैसालीका २० वर्षका सौरभ साह र रेहान सिंह रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
उनीहरूले हिजो बिहान ११ बजे सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण तथा सहकारी संस्थाका कर्मचारी साजन कार्कीलाई कार्यालयभित्र पसेर चार गोली हानेका थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९ १८:०६