पश्चिम नवलपरासी - अवैध चिनी लोड गरिएका दुई वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । पश्चिम नवलपरासी जिल्लाको प्रतापुर गाउँपालिका २ र रामग्राम नगरपालिका ५
स्थित भैरहवा परासी राजमार्गबाट कार्तिक २ गते करीव ९० लाख रुपैयाँ बराबरको ८ सय ४० बोरा अवैध चिनी सहित दुई वटा ट्रक सशस्त्र प्रहरिले नियन्त्रणमा लिएको हाे ।
ना ६ ख २१९७ र लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले
बरामद गरेको हो ।
बरामद चिनी तथा दुई वटै ट्रक थवप कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९ ०९:०६