सर्लाही- सर्लाही जिल्लाबाट गाँजासहित एक जना प्रहरीले पक्राउ गरेकाे छ ।
सर्लाही जिल्लाको मलंगवा नगरपालिका १ भैडैयास्थित सीमा ईलाकाबाट असोज ३० गते सशस्त्र प्रहरीले करीव १० के.जी. गाँजासहित भारतमा घर बताउने २७ वर्षिय नुर मोहमदलाई पक्राउ गरेको हाे ।
बी.आर. ३० जेट ६४६६ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी खुटौनाले पक्राउ गरेको हो ।
पक्राउ परेका मोहमदलाई बरामद गाँजा तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाईएको जनाइएकाे छ ।
प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९ ०९:४६