स्याङ्जा - पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको शव प्रहरीले फेला परेकाे छ ।
स्याङ्जा जिल्लाको वालिङ नगरपालिका १ सिसौघारी स्थित आँधिखोलामा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले असोज २७ गते फेला पारेको छ ।
सोही ठाउँ बस्ने १९ वर्षिय संगम रेग्मी उक्त खोलामा पौडी खेल्ने क्रममा यही असोज २६ गते दिउँसो करीव साढे ४ बजे बेपत्ता भएको बताईएको हो ।
उक्त घटनाबारे जानकारी प्राप्त भए पश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिकाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक उपेन्द्र बस्यालको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले घटनास्थल भन्दा १०० मिटर तल अन्दाजी १५ फिट गहिराईबाट उनको शव फेला पारेको हो ।
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९ १८:१७