काठमाडाैं - नेपाल टेलिकमले विभिन्न डेटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर ल्याएको छ । असोज २३ गतेसम्म मात्र लागू हुने यो अफरअन्तर्गत विभिन्न कम्बो प्याकहरू समावेश गरिएको छ । कम्पनीको डेटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डेटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डेटा तीन दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध छ ।
त्यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डेटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु. ४९ मा अल टाइम उपलब्ध रहेकाे जनाइएकाे छ । अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डेटा प्याक उपलब्ध गराइने पनि कम्पनीले जनाएको छ ।
यसैगरी रु. २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु. ५०० भन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डेटा प्याक उपलब्ध गराइएको छ । पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निःशुल्क भोल्टे सेवा पनि उपलब्ध गराइएको छ । उल्लेखित प्याकेजहरु प्राप्त गर्न *1415# डायल गर्न सकिन्छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिने जनाइएकाे छ ।
एनसेल आजियाटा लिमिटेडले भने दशैंको अवसरमा रिचार्जमा बोनस अफर ल्याएको छ । अर्थात् नम्बर रिचार्ज गर्दा ग्राहकले विभिन्न अफर पाउन सक्छन् । ग्राहकले हरेक दिन रु. १०० वा सोभन्दा बढीको रिचार्जमा अधिकतम रु. ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्ने जनाइएकाे छ । यसअन्तर्गत एनसेलका ग्राहकले रु. १०० को रिचार्ज गर्दा एक दिन मान्य रहने रु. १० बोनस स्वरुप प्राप्त गर्न सक्ने जनाइएकाे छ ।
एनसेल कम्पनीका अनुसार बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइनेछ। यस योजना अन्तर्गत यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी रु १५० रिचार्ज गरेमा रु. २० बोनस प्राप्त गर्न सक्नेछन् ।
यसरी प्राप्त बोनस रकम भने तीन दिनका लागि मान्य रहन्छ । त्यस्तै ग्राहकले एक दिनमा एकै पटक वा पटक-पटक गरी रु. २०० वा सो भन्दा बढीको रिचार्ज गरेमा ग्राहकले रु. ४० बोनस ब्यालेन्स प्राप्त गर्छन् र यो बोनस रकम सात दिनका लागि मान्य हुनेछ । यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन् । प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र मात्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन् ।
स्मार्ट टेलिकमले पनि यो दशैंमा आफ्ना ग्राहकका लागि कम्बो प्याक अफर ल्याएको छ । यसअन्तर्गत ग्राहकले एक हप्ते भ्वाइसकल, मेसेज र डेटाको कम्बो प्याक खरिद गर्न सक्नेछन् ।यसमा ग्राहकले रू. १२५ मा ७ जीबी डेटा, ७० मिनेटकाे अल-नेटकाे भ्वाइस र अल-नेट एसएमएसको प्याक खरिद गर्न सक्नेछन् । सात दिन अवधिको यो प्याक लिन स्मार्ट सेल प्रयाेगकर्ताले माेबाइलमा *14100*7*2*2# डायल गर्नुपर्ने हुन्छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९ १३:२०