काठमाडौं - काठमाडौं-धादिङ जाने बस नचलाउँदा यात्रुहरू अलपत्र परेका छन् ।
यातायात व्यवसायीहरुले बढी भाडा असुलेको भन्दै प्रहरीले कारबाही गरेपछि आज बस नचलाउँदा यात्रुहरु अलपत्र परेका छन् ।
बिहीवार बिहानैदेखि व्यवसायीहरूले बस चलाएका छैनन् । जसका कारण माछापोखरीस्थित धादिङ बसपार्कमा यात्रुहरूको घुँइचो छ ।
गन्तव्यमा जान नपाएका यात्रुहरुको आज बिहानैदेखि बालाजु माछापोखरी क्षेत्रको धादिङ बसपार्कमा घुइँचो छ । त्यहाँ प्रहरीहरु पनि उल्लेख्य संख्यामा खटाइएको छ ।
चलाउने विषयमा सरोकारवाला पक्षबीच अहिले वार्ता भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९ ०९:४२