काठमाडौं -नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) व्यावसायिक रूपमा प्रयोगकर्ताकाे संख्या हाराहारी ३५ सय पुगेकाे छ।
सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) व्यावसायिक रूपमा वितरण सुरु भएको एक हप्ताको अवधिमा प्रयोगकर्ताहरुकाे संख्या आइतबारसम्म ३५ सय हाराहारी पुगेको हाे ।
टेलिकमले हाल बजारमा उपलब्ध हुने प्लास्टिक तथा धातुबाट निर्मित चिप जडित कार्डको विकल्पमा मोबाइल तथा अन्य डिजिटल उपकरणमै ‘इम्बेड’ अर्थात गाँस्न सकिने सिम उपलब्ध गराउन थालेको हो ।
पछिल्लो समय बजारमा आएका विभिन्न ब्रान्डले अपडेटमार्फत ई-सिम सपोर्ट गर्ने फिचर ल्याइरहेका छन् । ई–सिमका लागि स्मार्टफोन निर्माता कम्पनीले पहिले नै फोनमा ई-सिमको चिप जडान गरेको हुनुपर्छ ।
ई-सिमको विकास सन् २०१७ मा भएको भए पनि यो हालसालै मात्र प्रचलनमा आइरहेको प्रविधि हो । सबै ब्रान्डका उपकरणमा ई-सिमको चिप जडान नभएको हुनसक्छ । तर कतिपय देशमा यो प्रयोगमा आइसकेको छ भने कतिपय देशमा आउने क्रममा छ ।
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९ १२:२८