धनुषा- सशस्त्र प्रहरीद्वारा १९ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेकाे छ ।
धनुषा जिल्लाको नगराईन नगरपालिका २ स्थित जटहीबाट सशस्त्र प्रहरीले करिव १९ लाख ६४ हजार रुपैयाँ बराबरको चाँदीसहित भारतमा घर बताउने ५० वर्षिय
चन्द्रकान्त झा लाई पक्राउ गरेको हाे
प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउदैं गरेका झालाई बिओपी जटहीले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको १९ के.जी. ४ सय १७
ग्राम चाँदीसहित पक्राउ गरेको हो ।
पक्राउ परेका झालाई बरामद चाँदीसहित आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा धनुषामा बुझाइएको ईलाका प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९ ०९:५०