काठमाडौं- दसैँका लागि असोज १ गतेदेखि बसको अग्रिम टिकट बुकिङ् खुल्ने भएको छ।
बुधबार यातायात व्यवस्था विभागमा भएको छलफलका क्रममा असोज १ गतेदेखि बुकिङ खोल्ने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेयले जानकारी दिएका हुन् ।
टिकट बुकिङलाई अनलाइन प्रणालीबाट र उपत्यकाका विभिन्न ठाउँमा बुथ बनाएर टिकट बिक्री गर्ने योजना बनाएको उनले बताए ।
यातायात आवागमनमा सहजता बनाउन अत्यावश्यक बाहेकका मालबाहक सवारी असोज १५ गतेदेखि २२ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म सञ्चालनमा रोक लगाउने निर्णय समेत भएको छ।
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९ १९:२३