धनगढी- कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेको छ । आइतबार साँझदेखि परिरहेको अविरल वर्षापछि नदीमा खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पानीको सतह खतरा भन्दा धेरै माथि पुगिसकेकाले नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
पानीको सतह ३ दशमलव ६ मिटर पुगेपछि खतरा मानिदै आएकोमा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सोमबार बिहानसम्म बढेर ३ दशमलव १५ मिटर पुगेको जानकारी दिएका हुन् ।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहितका जिल्लामा आइतबारदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले कान्द्रा, मोहना, खुटिया लगायत साना खोलाहरुमा आकस्मिक बाढी आउनुको साथै होचा ठाउँमा डुबान हुन सक्ने भएकाले बिहान ८ बजेसम्मै सतर्क रहन विभागले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९ ०९:०३