Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मट्यांग्राे
  • #दक्षिण कोरिया
  • #लिपुलेक
  • #घुँगीफोर गरुड
  • #संसद
  • #विदेसिनेको संख्या
  • #दुर्घटना
  • #रेमिट्यान्समा रेकर्ड
  • #गाजा
Search Here
विश्व
  • Home
  • विश्व
  • श्रीलंकामा संसदलेनै मतदान गरेर आज पहिलो पटक छान्दैछ राष्ट्रपति
श्रीलंकामा संसदलेनै मतदान गरेर आज पहिलो पटक छान्दैछ राष्ट्रपति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ४, २०७९
Hardik health
एजेन्सी- आर्थिक संकटबाट गुज्रिरहेको र जनआन्दोलनपछि राष्ट्रपति भागेको श्रीलंकाको संसदमा आज नयाँ राष्ट्रपति चुन्न मतदान हुँदैछ। न्युजवायरका अनुसार श्रीलंकाको संसदमा राष्ट्रपति छान्न पहिलो पटक मतदान हुन लागेको हो। कार्यकारी अधिकारसहितको श्रीलंकाको राष्ट्रपति आमनिर्वाचनबाट चुनिन संवैधानिक व्यवस्था छ। यसअघि सन् १९९३ मा तत्कालीन राष्ट्रपति रनसिंघे प्रेमदासाको हत्यापछि उनको बाँकी कार्यकालका लागि संसदले राष्ट्रपति चुनेको थियो। त्यो बेला डिबी विजेटुंगा निर्विरोध भएकाले मतदान गर्नुपरेको थिएन। यसपालि भने नयाँ राष्ट्रपति बन्न तीन जना मैदानमा छन्। अहिलेका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, दलास अलाहप्पेरूमा र अनुरा कुमारा दिस्सानायकेले मंगलबार उम्मेदवारी दिएका छन्। श्रीलंकाको संसद २२५ सदस्यीय छ। त्यसमध्ये सबैभन्दा धेरै राजापाक्षेहरूले नेतृत्व गरेको श्रीलंका पोदुजन पेरामुनाका १०० सांसद छन्। ६ पटक प्रधानमन्त्री भइसकेका र अहिले कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघेलाई राजापाक्षेहरूको समर्थन रहेको बताइन्छ। उनलाई तत्कालीन राष्ट्रपति गोटवाया राजापाक्षेले केही महिनाअघि प्रधानमन्त्री नियुक्त गरेका थिए। श्रीलंका पोदुजन पेरामुनाका सबै सांसदले मत दिए विक्रमासिंघेको जित सहज देखिन्छ तर उक्त पार्टीका सबै सांसदले उनलाई मत नदिन सक्ने सम्भावना छ। श्रीलंकाको अहिलेको आर्थिक संकट ल्याउन राजापाक्षे परिवारको ठूलो भूमिका रहेकाले फेरि उनीहरूले नै समर्थन गरेको मानिसलाई राष्ट्रपति बनाउन हुँदैन भन्ने सोच श्रीलंकामा छ। प्रदर्शनकारीहरूले पनि विक्रमासिंघेलाई राष्ट्रपति भएको हेर्न चाहेका छैनन्। अर्का उम्मेदवार दलास अलाहप्पेरूमा अहिले स्वतन्त्र सांसद हुन् तर उनको राजनीतिक पृष्ठभूमि राजापाक्षे परिवारसँग जोडिएको छ। उनी पहिला श्रीलंका पोदुजन पेरामुनाका सदस्य थिए। तमिल विद्रोहलाई दबाउन बेला उनी राजापाक्षेहरूसँगै थिए। अहिले उनलाई विपक्षी दलहरूको समर्थन रहेकाले विक्रमासिंघेलाई कडा चुनौती दिने देखिएको छ। अर्का उम्मेदवार अनुरा कुमारा दिस्सानायके जनता विमुक्थी पेरामुनेका नेता हुन्। यो श्रीलंकाको वामपन्थी पार्टी हो। राष्ट्रपति चुनिनका लागि सदर मतको ५० प्रतिशत बढी मत ल्याउनु पर्नेछ। मतपरिणाम आजै आउने सम्भावना छ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
बङ्गलादेशद्वारा पाकिस्तानलाई माफी माग्न आग्रह
बङ्गलादेशद्वारा पाकिस्तानलाई माफी माग्न आग्रह सोमबार, भदौ ९, २०८२
भान्सद्वारा भारतमाथि लगाइएको भन्सार शुल्कको बचाउ
भान्सद्वारा भारतमाथि लगाइएको भन्सार शुल्कको बचाउ सोमबार, भदौ ९, २०८२
मानव पुर्खा लुसीको प्रागमा पहिलोपटक युरोपेली प्रदर्शन
मानव पुर्खा लुसीको प्रागमा पहिलोपटक युरोपेली प्रदर्शन सोमबार, भदौ ९, २०८२
जेलमा रहेका पूर्व नेतालाई पूर्व राष्ट्रपतिहरूको समर्थन
जेलमा रहेका पूर्व नेतालाई पूर्व राष्ट्रपतिहरूको समर्थन आइतबार, भदौ ८, २०८२
उत्तर कोरियाद्वारा हवाई रक्षा परीक्षण
उत्तर कोरियाद्वारा हवाई रक्षा परीक्षण आइतबार, भदौ ८, २०८२
 मोदीको कर कटौतीको वाचा
 मोदीको कर कटौतीको वाचा आइतबार, भदौ ८, २०८२
अन्टार्कटिकामा  भूकम्प
अन्टार्कटिकामा  भूकम्प शुक्रबार, भदौ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
म गएँ अब भाउजू ! 
म गएँ अब भाउजू ! 
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP