मनिला- फिलिपिन्सको पलावन प्रान्तको पर्यटकीय क्षेत्र नजिकै एउटा पानी जहाजमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ८६ जना बेपत्ता भएको तटरक्षकले बिहीबार जनाएको छ ।
एम/भि जुन एस्टरको अपतटीय क्षेत्रमा आगलागी भएको तटरक्षकले पुष्टि गेका छन् । तटरक्षकले समाजिक सञ्जाल फेसबुकमा साभार गरेको भिडियोमा जहाज पूर्ण रूपमा आगोमा डुबेको देखाइएको छ ।
घटनाको जानकारीका लागि सयौँ मानिसले कोरोन सहरका मेयरको फेसबुक पेजमा आफन्तको खोजी गर्दै टिप्पणी गरेको जनाइएको छ । हालसम्म उद्धार ४२ जनाको उद्धार भएको जनाउँदै अझै ८७ जना व्यक्ति वेपत्ता भएको तटरक्षक क्याप्टेन नोएमी कायाब्याबले विहीबार स्थानीय रेडियो स्टेसनलाई बताएका छन् ।
जहाजको म्यानिफेस्टमा १३४ यात्रु र चालक दलका सदस्य सूचीबद्ध रहेको कायाब्याबले बताएका छन् ।
उद्धार गरिएकामध्ये ३८ जना यात्रु र चार चालक दलका सदस्य रहेको उनले बताए । केही घण्टापछि फिलिपिन्सको तटरक्षकले पत्रकारलाई अर्को व्यक्तिलाई उद्धार गरिएको तर उनीहरूको पहिचान पुष्टि हुन नसकेको बताएको छ ।
यो घटनाको प्रारम्भिक तथ्याङ्क भएको जनाउँदै खोजी तथा उद्धारकार्य जारी रहेकाले यसको सङ्ख्या परिवर्तन हुन सक्ने कायाब्याबले रेडियो अन्तर्वार्तामा बताएका छन् । उनले जहाजमा विदेशी रहेको वा नरहेको बारेमा तत्काल कुनै रिपोर्ट नभएको जनाएका छन् ।
मरीन ट्राफिकको ट्र्याकिङ तथ्याङ्ले जुन एस्टर मनिलाबाट प्रस्थान गरेको देखाएको छ । यसअघि गत जनवरीमा, ३४० भन्दाबढी मानिस बोकेको ट्रिपल-डेकर दक्षिणी फिलिपिन्समा डुब्दा कम्तिमा ५२ जनाको मृत्यु भएको थियो ।
सन् २०२३ मा लेडी मेरी जोय ३ डुङ्गामा आगलागी भएपछि ३१ जनाको मृत्यु भएको थियो भने लगभग त्यही मार्गमा एम/भि त्रिशा केस्र्टिन-३ डुबेको थियो ।