Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • निःशुल्क मधुमेह स्क्रिनिङ क्लिनिक सञ्चालन
निःशुल्क मधुमेह स्क्रिनिङ क्लिनिक सञ्चालन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २, २०७९
Diabetes-Clinic45
Hardik health
चितवन- कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल पुरानो मेडिकल कलेजले मधुमेह स्क्रिनिङ क्लिनिक संचालनमा ल्याएको छ । मधुमेह (सुगर) का बिरामीहरुलाई सहज स्वास्थ्य सेवा दिनका लागि अस्पताल परिसरमा छुट्टै क्लिनिक सञ्चालनमा गरेकाे हो । नेपालमा दिनहुँ मधुमेहीहरुको संख्या बृद्धि भइरहेको र मधुमेहका बिरामी अस्तपताल आउने क्रम बढेसँगै क्लिनिक सञ्चालनमा ल्याईएको अस्पतालले जनाएको छ । अस्पतालले मध्य नेपालमा पहिलो आफूहरुले मधुमेह स्क्रीनिङ क्लिनिक संचालनमा ल्याएको दावी गरेको छ । सुगरका रोगी तथा सम्भावित रोगीहरुले स्क्रीनिङ क्लिनिकमा समयमै निःशुल्क परीक्षण गरी स्वास्थ्य लाभ लिन सकुन् भन्ने उद्देश्यले क्लिनिक संचालनमा ल्याईएको अस्पतालले जनाएको छ । सम्झौता अनुसार उक्त क्लिनिकमा हप्ताको सातै दिन बिहान ६ देखि ८ बजेसम्म मधुमेह समाजमा आबद्ध तथा अन्य सम्पूर्ण मधुमेहका बिरामीहरुको निःशुल्क सुगर जाँच मधुमेह परीक्षण गर्न सक्नेछन् । यस्तै मधुमेहका सम्पूर्ण बिरामीहरुलाई मधुमेह स्वास्थ्य जाँच प्याकेजमा ५० प्रतिशत छुट अस्पतालले दिएको छ । यो सुबिधा एउटा बिरामीले हरेक तीन महिनामा एकपटक पाउने सम्झौतामा उल्लेख छ । समाजका पदाधिकारीहरुले अस्पतालका रेडियोलोजी र फार्मेसी बाहेकका अन्य सम्पूर्ण सेवामा २० प्रतिशत छुट पाउने जनाईएको छ । मधुमेह स्क्रिनिङ क्लिनिकमा फोनबाट अग्रिम नाम लेखाएर पनि सेवा लिन सकिने जनाइएको छ । दुबै पक्षको आपसी सहमतिमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने, मधुमेह रोग नियन्त्रण तथा उपचारको लागि सचेतना अभियान सञ्चालन गर्ने, स्वास्थ्य शिक्षा तथा अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने सम्झौतामा उल्लेख छ । समाजका अध्यक्ष एमप्रसाद शर्माले मधुमेहका बिरामीहरुका लागि छुट्टै निःशुल्क स्क्रिनिङ क्लिनिकमा सेवा लिन पाइने र अन्य उपचारमा समेत छुट पाउनु खुशीको कुरा भएको बताए  । समाजले एमप्रसाद शर्मा, केशव देवकोटा र लक्ष्मण पौडेललाई यो सेवा सहजीकरणका लागि तोकेको छ । यसैगरी अस्पतालका तर्फबाट समुदाय स्वास्थ्य सेवा विभाग ९कम्युनिटी हेल्थ सर्भिस० ले सहजीकरण गर्ने अस्पतालले जनाएको छ । अस्पतालले मधुमेह सम्बन्धी सेवाका लागि ९८०२०१०००३ नम्बरको हटलाईन टेलिफोन समेत व्यवस्था गरेको छ । उच्च आय भएका देशहरुको तुलनामा हाम्रो जस्तो निम्न तथा मध्यम आय भएका देशहरुमा मधुमेहको प्रकोप तिव्र रुपमा बढिरहेको छ । विश्वस्वास्थ्य संगठनका अनुसार सन् १९८० मा ४ दशमलव ७ प्रतिशत वयस्कहरु ९१८ वर्ष र माथिकालाई मधुमेह भएकोमा सन् २०१४ मा आइपुग्दा बढेर ८.५ प्रतिशत पुगेको छ । यो अवधिमा मधुमेह भएका व्यक्तिको सख्या झण्डै चार गुणा बढेको छ । सन १९८० मा १० करोड ८० लाख मधुमेह भएका व्यक्ति थिए भने सन् २०१४ मा आइपुग्दा यो संख्या ४२ करोड २० लाखमा पुगेको र यो दशकको अन्तसम्ममा आधा अर्ब नाघ्ने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ । अन्य नसर्ने रोगहरुबाट हुने अकाल मृत्युदर घट्दै गएता पनि मधुमेहबाट हुने अकाल मृत्युदर घटेको छैन, बरु सन् २००० र २०१६ को वीचमा ५ प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा गरिएको स्टेप्स सर्भेमा लगभग ९० प्रतिशतले आफ्नो रगतमा सुगरको अवस्था के छ भन्ने जाँच गराएका थिएनन् । मलाई सुगर छ भनेर थाहा पाउनेहरु करिव २ प्रतिशत मात्र थिए । तर नेपालमा लगभग ९ प्रतिशत वयस्कहरुमा टाइप २ प्रकारको मधुमेह होला भन्ने अनुमान गरिएको छ । सुगरको मात्रा नियन्त्रणमा नरहे मृगौला, नसा तथा आँखाको समस्या निम्तिने चिकित्सकहरुको भनाई छ । लामो समयसम्म रोग निको नहुने हुनाले सबै समयमै सचेत भइ समय समयमा सुगर /मधुमेह परीक्षण गराउन चिकित्सकहरुले सुझाव दिएका छन् ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०८:४१
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन सोमबार, चैत २, २०८२
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’ शुक्रबार, फागुन २९, २०८२
बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा बिहीबार, फागुन २८, २०८२
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण शुक्रबार, फागुन १५, २०८२
गाउँमै पुर्ख्याैली कालिगड पेसा संरक्षणमा जुट्दै युवा
गाउँमै पुर्ख्याैली कालिगड पेसा संरक्षणमा जुट्दै युवा मंगलबार, फागुन १२, २०८२
पोलेको मकैको व्यापार फस्टाउँदै
पोलेको मकैको व्यापार फस्टाउँदै मंगलबार, फागुन ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP