कपिलवस्तु -करेन्ट लागेर कपिलवस्तुमा एक ज्यालादारी कर्मचारीको मृत्यु भएकाे छ ।
मायादेबी गाउँपालिका वडा नम्बर ८ अमाहवामा करेन्ट लागेर एक जना विद्युतका कर्मचारीको मृत्यु भएको हाे ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ८ गोपालपुरका ३५ बर्षिय शैलेन्द्र कुमार पाण्डेयको करेन्ट लागेर मृत्यु भएको स्थानिय प्रहरीले जनाएकाे छ ।
मिटर रिडरका रुपमा ज्यालादरी रुपमा नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र कार्यरत पाण्डेयको करेन्ट लागेर मृत्यु भएको तौलिहवा वितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताएका हुन् ।
मिटर रिडर पाण्डेयले मिटर ठाउँसारी गर्न विद्युतको पोलमा लाईन जोडने क्रममा उनलाई करेन्ट लागे पछि सिढिबाट तल खसेका थिए। पाण्डेयलाई करेन्ट लागेर घाईते भएको देखेपछि उनीसँगै गएका अर्का मिटर रिडर बिष्णु रैदस अचेत भएका थिए।
घाईते पाण्डेयलाई उपचारका लागि कपिलवस्तु अस्पताल ल्याउने क्रममा बाटो मै मृत्यु भएको बताइएकाे छ । अस्पतालमा पुर्याइएका पाण्डेयलाई डाक्टरले मृत घोषित गरेका थिए।
पाण्डेयको शव पोस्टमर्टमका लागि कपिलवस्तु अस्पतालमा राखिएको बताइएकाे छ । घटनाको अनुसन्धान भईरहको प्रहरी उपरिक्षक जेशी शाहले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९ ०८:०८