धनुषा - धनुषामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले करिब १८ लाख रुपैयाँ बराबरको अवैध चोरी पैठारीका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हेडक्वार्टर धनुषाका अनुसार २०८३ असोज ४ गते विशेष सूचनाका आधारमा सुरक्षा वेश तथा नेपाल प्रहरीको संयुक्त टोलीले क्षिरेश्वरनाथ नगरपालिका–५, सिन्धुली टोलस्थित एक घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा इलेक्ट्रिक सामान, पम्पकिन सिड, विभिन्न किराना सामान तथा प्रतिबन्धित पटाका लगायतका सामान फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामानको कुल मूल्य रु. १८ लाख १६ हजार १२० बराबर रहेको बताइएको छ।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।