झापा- भारतीय रुपैयाँसहित पाँच जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेकाे छ । झापा जिल्लाको मेचीनगर नगरपालिका ८ पूर्व–पश्चिम लोकमार्ग स्थित जोरसिमल चेक प्वाईन्टबाट शनिबार ५ लाख २१ हजार भारतीय
रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएकाे हाे ।
पक्राउ पर्नेहरुमा भारतमा घर बताउने आनन्द कुमार सदेका, प्रमोद जलान, मनोज अग्रवाल, अशोक अग्रवाल र दार्जिलिङ घर बताउने चालक अविजित सिंह रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु.बि. ७४ बि.एच. १६४३ नम्बरको टोयटा कारलाई शंका लागि चेकजाँच गर्दा दुई हजार दरको १ सय १ वटा र पाँच सय दरको ६ सय ३८ वटा भारतीय नोट फेला पारिएको हो ।
सशस्त्र प्रहरीले नगदसहित उक्त कारसमेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद रुपैयाँ तथा कारसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाएको प्रहरीले जनाएकाे छ।