काठमाडौं- धादिङ जिल्लामा डेंगुका बिरामी बढ्न थालेका छन् । पछिल्लो एक महिनाको अवधिमा जिल्ला ४९ डेंगुका बिरामी पहिचान भएका हुन् ।
बिरामी जाँच गराउन आएकामध्ये धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा १ सहित ४९ जनामा डेंगुको संक्रमण पुष्टि भएको हो ।
पोथी लामखुट्टेले टोकेर संक्रमण हुने डेंगुको बिरामी थपिन थालेपछि पानी जम्न सक्ने भाँडाजस्तै गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिन आग्रह गरिएको छ ।
धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।मधुकर दहालले लामखुट्टेबाट बच्न ज्वरो आएमा, बान्ता भएमा वा डेंगुका लक्षण देखिएमा स्वास्थ्य संस्थामा आउन आग्रह गरेका छन्।
प्रकाशित मिति: आइतबार, साउन १, २०७९ १२:४२