विराटनगर- विराटनगर स्थित तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ ।
आज बिहीबार दिउँसो रेष्टुरेन्टमा आगलागी भएको हो ।
आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेको प्रहरीले बताएको छ ।
आगोले रेस्टुरेन्ट नजिक रहेको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको छ ।
आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण भने आउन बाकि रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले बताए ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ १४:४२