काठमाडौं- काठमाडौं स्थित भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ ।
आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको हो ।
ललितपुर महानगरबाट पनि दमकल बोलाइएको छ ।
अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ १६:०५