काठमाडौं- रूपन्देहीको तिलोत्तमा नगरपालिका-४ मा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रूपन्देहीकै मर्चवारी गाउँपालिका-१ का १९ वर्षीय रामचन्द्र केवट रहेका छन् ।
दुर्घटनाबाट गम्भिर घाइते भएका केवटको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
लु ४० प ५९८९ नम्बरको मोटरसाइकल आज बिहान साढे ५ बजे नियन्त्रण गुमाएर पल्टिएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९ १२:१३