कपिलवस्तु -कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका अध्यक्षले मदरसा संघको १० बुदें माग पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।
कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा मायादेवि गाँउपालिका स्तरिय मदरसा संघले आयाेजित एक अन्तरक्रिया कार्यक्रममा नवनिर्वाचित गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमान साे प्रतिबद्धता जनाएका हुन् ।
नेपाल जामियत अहले हदिसका प्रमुख अब्दुल हई मुसलमानले मदरसाको न्युनतम आवश्यकता पनि पूरा गर्न अहिलेको मदरसाहरुलाई कठिन भइरहेकोले हाम्रा मागलाई विशेष रुपमा ध्यान पुर्याउन गाउँपालिकालाई आग्रह गरेकाे बताएका छन् ।
समाजमा भएका विभिन्न समस्याको समाधानका लागि मदरसा स्तरिय संघले राखेको १० बुदें माग सम्बन्धमा मदरसाको अधिकतम मागलाई पूरा गर्छु भनी गाँउपालिका अध्यक्ष वलिउद्दिन मुसलमानले प्रतिबद्धता व्यक्त गरेका छन् । गाँउपालिका भित्रको आवश्यक विभिन्न क्षेत्रको समस्याको समाधान गर्न आफू सधै तयार रहेको पनि उनले बताए ।
यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमेश्वर यादवले पनि मदरसा शिक्षाको गुणस्तर सुधारका लागी न्युनतम मागलाई सम्बोधन गर्न तयार रहेको बताएका छन् ।
साे कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमा ,विशिष्ट अतिथी प्रशासकिय अधिकृत प्रमेश्वर यादव , शिक्षा शाखा प्रमुख अमिन प्रसाद कुर्मी नेपाल जामियत अहले हदिस का प्रमुख अब्दुल हई मुसलमान लगायतको उपस्थिति रहेको थियो ।
मदरसा संघका अध्यक्षद्वारा नवनिर्वाचित गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानलाई दोसल्ला लगाई भित्ते घडीसहित मायाको चिनो प्रदान गरिएको आयाेजकले जनाएकाे छ। कार्यक्रममा स्वागत सहित मदरसा हकहितका लागि अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ।
कार्यक्रममा अतिकुर्रहमान मुसलमानले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम मदरसा स्तरिय संघका सचिव रहमत अलिले संचालन गरेका थिए भने कार्यक्रमको समापन संघका अध्यक्ष हिफ्जुर्रहमान मुसलमानले गरेका हुन् । मायादेवीका विभिन्न मदरसाका अध्यक्ष र शिक्षकहरुको समेत उपस्थित रहेको थियो ।