रौतहट - रौतहट जिल्लाबाट स्राेत नखुलेको भारतीय रकमसहित प्रहरीले एक जना पक्राउ गरेकाे छ । रौतहट जिल्लाकाे ईशनाथ नगरपालिका ६ स्थित चमनाका ईलाकाबाट बुधबार सशस्त्र प्रहरीले १० लाख नेपाली रुपैयाँ र १२ हजार ५ सय भारतीय रुपैयाँसहित भारतमा घर बताउने २६ वर्षिय मोहम्मद कमरे आलमलाई पक्राउ गरेको हाे ।
उनलाई बि आर ५ यू ५१६५ नम्बरको मोटरसाईकलमा सवार गरिरहँदा शंका लागि जाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल बिओपी रामपुरखापबाट खटिएको सशस्त्र प्रहरीले उत्त रकम स्राेतबिना बाेकिएकाे अवस्थामा फेला पारेको बताएकाे हाे ।
प्रहरीका अनुसार स्राेत नखुलेपछि उनलाई उक्त मोटरसाईकल सहित पक्राउ गरिएको हो । पक्राउ परेका आलमलाई बरामद रुपैयाँ तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९ १९:२४