काठमाडौं - श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषमा पत्रकारीता र कलाकारिताका श्रमिक अटाउनुपर्ने धारणा राखेका छन् ।
बिहीबार तराई विकास तथा सञ्चार केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले देश भित्रै रहेका दुई वटा क्षेत्र पत्रकारीता र कलाकारितामा आवद्ध श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा कोषमा समेटनु पर्ने धारणा राखेका हुन् ।
सामाजिक सुरक्षा कोषलाई बहुआयामिक बनाउन आफुले पहल गर्ने बताएका छन् । बिहीबार तराई विकास तथा सञ्चार केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले श्रमिकलाई न्याय मिल्ने गरी सामाजिक सुरक्षा कोषलाई सरल, सहज र बहुआयामिक बनाउन पहल गर्ने बताएका हुन् ।
कार्यक्रममा उनले उनले देशका दक्ष युवाहरु रोजगारीका लागि विदेशिनेहरुलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटीने बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्नका लागि भएका कानुनी समस्यालाई समाधानका लागि आफुहरुले टिम बनाएर पहल गरिरहेको पनि मन्त्री कुँवरले बताएका छन् ।
वैदेशिक रोजगारीमा पसिना बगाउने कामदारको मुल्य र सुरक्षाको लागि सरकारले विभिन्न निकायसँग पहल गरेर काम गर्नुपर्ने उनको भनाई छ । मन्त्री कुँवरले भने, 'जसले देशलाई योग्दान दिएका छन् उहाँहरु नै यो सुविधाबाट बञ्चित हुनु परेकोमा दुख लागेको छ । त्यसैले पत्रकारिता र कलाकारिता क्षेत्रमा आवद्ध श्रमिकहरुलाई समाजिक सुरक्षा कोषको दायरामा ल्याउनु आवश्यक छ ।'
त्यस्तै कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले पनि वैदेशिक रोजगारीमा गएका कामदारलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नुको विकल्प नरहेको बताए । उनले सामाजिक सुरक्षा कोष नेपालको गरिबी हटाउन र जागिरबाट अवकाश पाइसकेपछिको जिवन बिताउन एउटा महत्वपूर्ण हतियार बन्ने बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९ १८:४१