चितवन -चट्याङले लागेर १४ रोपाहार घाइते भएका छन् । चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार बुधबार साँझ ६ बजेको समयमा परेकाे चट्याङले लागेर घाइते भएका हुन् ।
कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएकाे स्राेतले जनाएकाे छ ।
सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
घाइते भएकाे पाँच जनाको अवस्था खतरामुक्त रहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९ ०८:१९