धनुषा- धनुषा जिल्लाबाट आलुको बोरामा लाखाैँ रुपैयाँसहित दुई जनालाई पक्राउ गरेकाे छ । धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका १ ईनरुवा स्थित सीमा ईलाकाबाट मगंलबार सशस्त्र प्रहरीले ८३ लाख ६४ हजार ५ सय नेपाली रुपैयाँसहित दुई
जनालाई पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३६ वर्षिय ईश्वर मण्डल र १९ वर्षिय राजेश मण्डल रहेकाे प्रहरीले जनाएकाे छ । ज ७ प ५००७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी ईनरुवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा फेला पारेकाे जनाए ।
उनीहरुले बोकेको आलुको बोराभित्र जाँच गर्दा उक्त रुपैयाँ फेला पारिएको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । थप अनुसन्धानका लागि अगाडि बढाइएकाे प्रहरीले बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९ १८:५०